२१ मंसिर २०८२, आइतबार | December 7, 2025

बिर्सने बानीले तपाइलाइ सताएको छ ? यी उपाय अपनाउनुहोस



एजेन्सी । बिर्सने समस्याले धेरैलाई सताइरहेको हुन्छ । अझै भन्नु हो भने विद्यार्थीलाई यो समस्याले धेरै सताएको हुन्छ ।

पढेका कुरा एकछिनमा बिर्सने समस्याको कारण धेरै मेहनत गर्ने विद्यार्थी पनि असफल भएका उदाहरण सुन्न पाइन्छ । तलका उपाय अपनाउनुभयो भने तपाईंले पढेको कुरा स्मरण गराउन सहज हुन सक्छ ।

नियमित रूपमा पढ्ने बानीको विकास गर्नुहोस् । कुनै चिजलाई मनमनै दोहोर्याएर र त्यसलाई सम्झने प्रयास गनुहोस् र लेख्ने अभ्यास गनुहोस् ।

एकोहोरो मात्र पढ्ने बानी नगर्नुहोस् । तपाईंले सिकिरहनुभएको कुरालाई पुरानो कुरासँग जोडेर सम्झने प्रयास गर्नुहोस् । यसो गर्दा सबै कुरा सम्झन सजिलो हुन्छ ।

तपाईंलाई कुनै पनि महत्वपूर्ण कुरा सम्झनु छ भने त्यससँग सम्बन्धित वस्तु अथवा चित्रको याद गर्नुहोस् । यस कुराले पनि तपाईलाई सम्झन सहयोग पुर्याउँछ ।

लामो समयसम्म एउटै पाठ नपढ्नुहोस् । पढेर वा रटेर भन्दा पनि त्यो कुरालाई कोटिङ गरेर पढ्नुहोस् । यसो गर्दा सम्झन सजिलो हुनका साथै फरक तरिकाले सोच्ने बानीको विकास हुन्छ ।

सकेसम्म रातिभन्दा बिहान पढ्ने बानीको विकास गनुहोस् । रातिको समयमा अक्सिजनको मात्रा कम हुने भएकाले पढेको कुरा सम्झनलाई गाह्रो पर्ने जान्छ ।

बिहान योग तथा ध्यान गर्नुहोस् । जसले दिमागलाई फुर्तिलाे बनाउँछ ।

आफ्नो रुचि नभएको विषयभन्दा रुचि भएको विषय पढ्दा बढी स्मरण हुन्छ । त्यसैले आफ्नो रुचिमा परिवर्तन गरी जुनसुकै विषय पनि रुचिका साथ पढ्नुपर्दछ । साथै आफूमा भएका नकारात्मक धारणाहरू, जस्तै-म कमजोर छु, मेरो स्मरणशक्ति राम्रो छैन, पढेको बुझ्दिनँ भन्ने बानी हटाउनुपर्छ । म पनि पढ्न सक्छु भन्ने बानीको विकास गर्नुपर्दछ । जुनसुकै विषय पढ्दा पनि सकारात्मक हुनुपर्दछ ।

जीवनमा लक्ष्यका साथ अघि बढ्नुपर्दछ । लक्ष्य बनाउँदा थुप्रै कुराहरूमा ध्यान दिनुपर्छ । जस्तै-आफ्नो समय, खुबी, कमजोरी, परिस्थिति आदिलाई ख्याल गनुहोस् र कुनै लक्ष्यका साथ अघि बढ्नुहोस् ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ६ : ४२ बजे

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र

पोखरा । नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन

बर्दिया युवती आत्महत्या प्रकरणमा गृहमन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं। बर्दियामा नागरिकता नपाएकै कारण एक युवतीले ज्यान गुमाएको विषयमा

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि

सुर्खेत आँखा अस्पतालमा सेवा विस्तारः अब कर्णालीका आँखाका बिरामी काठमाडौं जानुपर्दैन

सुर्खेत । सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल