१४ बैशाख २०८३, सोमबार | April 28, 2026

गैँडाको गणना यस वर्षको हिउँदमा गरिने



चितवन । गत दुई वर्ष चाहेर पनि गणना हुन नसकेको राष्ट्रिय गैँडा गणना यस वर्षको हिउँदमा हुने भएको छ । नेपालमा गैंडा रहेका चार वटा राष्ट्रिय निकुञ्जमा गणना गर्न लागिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार गणनाका लागि बजेट स्वीकृति भइसकेको छ ।

गैँडा गणना गर्न विभागले रु ८० लाख बजेट विनियोजन गरेको छ । विसं २०७४ मा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडा बगाएपछि त्यसको पछिल्लो वर्ष सन् २०१९ मा गैँडा गणना गर्ने तयारी गरिएको थियो ।

त्यतिबेला नेपाल सरकारले बजेट विनियोजन नगरेको र दाताको भर पर्दा बजेटको अभावमा गणना हुन सकेको थिएन । गत वर्ष गणनाको तयारी भएको भए पनि कोभिड-१९ को कारण अन्तिम समयमा गएर रोकिएको थियो । सूचना अधिकारी आचार्यले यस वर्ष गणना गर्ने तयारी गरिएको जानकारी दिए ।

उनका अनुसार सबै तयारी गत वर्ष नै गरिएको छ । यद्यपि गणकको तालीमलगायत काम पुनःगर्नुपर्ने हुन्छ । जाडो महिना सकिएर घाँस सुकेपछि जङ्गल उजाड भएको समयमा गणनाका लागि उपयुक्त मानिन्छ । गतवर्ष लामो समयसम्म वर्षा भएर घाँस नसुकेका कारण गणनामा ढिलाइ भएको थियो ।

त्यति नै बेला कोभिड-१९ का कारण लकडाउन भएपछि गणना स्थगित गरिएको थियो । सूचना अधिकारी आचार्यले फागुनदेखि वैशाखसम्मको समयलाई गणनाको लागि उपयुक्त हुने बताए । त्यसपछिको समय हावाहुरी, बढी गर्मीलगायतका कारण उपयुक्त मानिदैन । नेपालका चार राष्ट्रिय निकुञ्ज चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटामा गैँडा छन् । सन् २०१५ मा गैँडा गणना गरिएको थियो ।

चितवनमा गैँडा गणना गर्न एक महिना लाग्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । अन्य निकुञ्जमा एक सातादेखि १० दिनसम्म लाग्ने उनको भनाइ छ । चितवनमा गणनाका लागि आवश्यक सामग्री व्यवस्थापनको प्रक्रिया अघि बढेको उनले जानकारी दिए ।

नेपालमा सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो । पछिल्लो गणनाले चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको छ । रासस

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ६ : २४ बजे

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

काठमाडौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११