११ भदौ २०८३, बिहिबार | August 27, 2026

विश्वमै पहिलोपटक ‘मर्यादित महिनाबारी’ कार्यशाला गोष्ठी नेपालमा हुँदै



काठमाडौं । विश्वमै पहिलोपटक ‘मर्यादित महिनाबारी’ कार्यशाला गोष्ठी नेपालमा हुने भएको छ ।

नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय , राष्ट्रिय मानवअधिकार आयोग र दक्षिण गोलार्दीय मर्यादित महिनावारी संजालको संयुक्त आयोजनामा यहि मंसिर २३, २४ र २५ गते ‘मर्यादित महिनावारी’ कार्यशाला गोष्ठी हुने भएको हो ।

आज एक पत्रकार सम्मेलनमार्फत ‘महिनावारी विभेद नै हिंसा र मानवअधिकारको हनन्’ भन्ने तथ्यलाई आत्मसाथ गर्दै कार्यशाला गोष्ठीको आयोजना गरिएको जानकारी दिइएको हो । विश्वमै पहिलो पटक नेपालमा आयोजना हुन लागेको यो गोष्ठिमा ‘ महिनावारीका कुरा मर्यादा केन्द्रित भएमात्र हुन्छ पुरा’ भन्ने मूल नारा दिइएको छ । गत जेठमा हुने भनिएको उक्त कार्यशाला कोभिड १९ महामारीका कारण सरेको थियो ।

विद्युतीय माध्यमबाट गरिएको पत्रकार सम्मेलनमा मानवअधिकार आयोगका गोष्ठी संयोजक मन्जु खतिवडाले सारभूत लैंगिक समानता प्राप्तिका लागि महिनावारीलाई मानवअधिकारको आँखाले हेर्नुपर्ने बताइन् ।

त्यसैगरी, अभियन्ता अनुपा रेग्मीले लैंगिक हिंसा रोकथाम गर्न दिगो विकास लक्ष्य २०३०का लागि ‘कोहि पनि नछुटुन्’ भन्ने संकल्प पुरा गर्नका लागि एउटा बलियो आधार तयार पार्न सम्पूर्ण सरोकारवालाहरुलाई अपिल गरिन् । उनले महिनावारी नीजि सवाल नभई राजनीतिक र मानवअधिकारको सवाल भएकाले मर्यादित महिनावारी अभियानमा सवैले हातेमालो गर्नुपर्ने बताइन् ।

महिनावारीका सम्बन्धमा भएगरेका कामहरूलाई पुनरावलोकन गर्दै लैंगिक समानता प्राप्तीका लागि पहल गर्नु नै कार्यक्रमको उद्देश्य रहेको छ । कार्यक्रममा सबै महादेशका अनुसन्धानकर्मी, अभियानकर्मी, सरकारका प्रतिनिधी, नीति निर्माताहरुको सहभागिता रहने छ ।

गोष्ठीमा महिनावारीका विभिन्न पक्षहर जस्तो भान्सादेखि संसदसम्म महिनावारी निषेधको अन्त्य, यौनिक प्रजनन, स्वास्थ्य अधिकार देखि विभेद, लाज, युवाको भूमिका, धर्म, खानपान, सरसफाई, डर, अधिकार, कानून कार्यान्वयनसम्मका हुँदै र भोग्दै आएका विभिन्न पक्षबारे प्यानल, छलफल, प्रस्तुती, डकुमेन्ट्री प्रदर्शन लगायतका कार्यक्रम हुने भएका छन् ।

गोष्ठीको पहिलो दिन मर्यादित महिनावारीसम्वन्धी हाते किताव ‘अ प्राक्टिकल ह्याण्डबुक’ को विमोचन पनि हुनेछ । जुन किताब २० देशका ४४ जना लेखकहरुले लेखेका छन् भने दक्षिण गोलार्दीय मर्यादित महिनावारी संजालकी नेपाल प्रमुख तथा अभियन्ता राधा पौडेलले यसलाई सम्पादन गरी तयार पारेकी हुन् ।

 

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ७ : ५९ बजे

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक