२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

विज्ञहरु भन्छन् : एन्टिजिन परीक्षण पीसीआरको विकल्प हुन सक्दैन



काठमाडौं । विज्ञहरुले एन्टिजिन परीक्षणलाई पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने बताएका छन् ।

एन्टिजिनबाट गलत रिपोर्ट आउन सक्ने भएकाले कोरोना भाइरस परीक्षणमा एन्टिजिनलाई पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने विज्ञहरुले बताएका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)का खोप विज्ञ डा. तिर्थ घिमिरेले पीसीआरले भाइरसभित्र रहेको अणुवंशिक पदार्थलाई सजिलै चिन्ने तर एन्टिजिनले भाइरसका टुक्राटुक्रिलाई मात्रै चिन्ने विशेषता हुने बताए । घिमिरे भन्छन्, ‘त्यसकारण एटिजिनबाट फल्स रिपोर्ट समेत आउने भएकाले यसलाई पीसीआरको विकल्पमा लिन हुँदैन ।’ एन्टिजिन टेस्ट गर्दा कहिलेकाहिँ कोभिड १९ संक्रमण भएकालाई नभएको र नभएकालाई भएको रिजल्ट दिने भएकाले यसलाई पीसीआरको विकल्पमा प्रयोगमा ल्याउन नहुने डा. घिमिरे बताउँछन् ।

उनले भने ‘पीसीआरको विकल्पमा एन्टिजिन टेस्ट हुन सक्दैन । पीसीआर भनेको हाइलि एडभान्स टेक्नोलोजी हो । पीसीआर एउटा कन्र्फमेटरी अर्थात कोभिड छ भनेर पकका गर्र्ने अथवा छैन भनेर पक्का गर्ने विधि हो । तर यो एन्टिजिन परीक्षण कन्फर्म परीक्षण होइन । यसमा के छ भन्दा फल्स पोजेटभ अथवा फल्स नेगेटिभ नतिजा आउन सक्छ । त्यो भनेको शरीरमा कोभिड–१९ नहुँदा नहुँदैपनि कहिलेकाहिं देखाइदिने र कोभिड १९ छ भने पनि नदेखाइदिने एन्टिजिन परीक्षणले गर्छ ।’

एन्टिजिन परीक्षण सस्तो, छिटो र सजिलो छ भन्दैमा पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने बताए । एन्टिजिनलाई अत्यावश्यक अवस्थामा मात्रै प्रयोग गर्नसकिने उहाँको भनाई छ । त्यसबाहेक समूहमा बसोबास गर्नेहरुमा यसबाट परीक्षण गरी स्थितिको बारेमा जानकारी लिन सकिने पनि डा. घिमिरेले बताए ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं माइक्रो बायोलोजिष्ट मेघराज बन्जाराले एन्टिजेन परीक्षण परीक्षणकै रुपमा रहेकाले अहिले नै पीसीआरको विकल्पमा प्रयोग गर्न नहुने बताउँछन् । बञ्जराले भने, ‘यो एन्टिजिन परीक्षण परीक्षणकै क्रममा रहेकोले प्रयोग गर्न हुन्छ वा गर्न हुन्न भन्ने अवस्थामा म छैन । तर यसको नतिजालाई पीसीआरको नतिजासँग तुलना गरेर यदी यसको पफमेन्स पनि, सेन्सेटिभिटी, स्पेसिफिसिटी पनि विश्व स्वास्थ्य संगठनले दिएको मार्गदर्शन अनुसारको र हाम्रो देशमा परीक्षण गर्दापनि रियल टाइम पीसीआर जत्तिकै सेन्सेटीभ भयो भने यसलाई प्रयोग गर्न सकिन्छ ।’

अहिले प्रयोगमा आएका एन्टिजेन टेष्टहरु कुनै पनि आधरिकारीक निकायबाट प्रमाणित भइसकेको छैन । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले पनि आपतकालिन स्वीकृत मात्रै दिएको बन्जाराले बताए । अहिले सबैठाउँमा एन्टिजिन परीक्षण परीक्षणकै रुपमा रहेको र यसको नतिजा उच्च संवेदनशिल, उच्च विशिष्टिकृत र राम्रो नतिजा भएको र विश्व स्वास्थ्य संगठनले ८० प्रतिशत भन्दा बढी सेन्सेटिभिटी भयो भनेर प्रमाणित ग-यो भने मात्रै पीसीआरको विकल्पमा प्रयोग गर्न किने पनि बन्जाराले बताए । उनले भने ‘यो एन्टिजिन टेस्ट पनि एफडीए स्वीकृत भएका, सीडीसी स्वीकृति भएका, सिएबाट स्वीकृति भएका यस्ता एन्टिजिन टेस्ट गर्ने टेस्टहरु त्यति छैनन् । अरु एफडीएहरुले पनि आपतकालीन स्वीकृति मात्रै दिएका छन् । सबै परीक्षणको क्रममै रहेका छन् ।’

एन्टिजिन परीक्षण, उच्च संवेदनशील, उच्च विशिष्टिकृत र राम्रो नतिजा भएको र विश्व स्वास्थ्य संगठनले त्यस्ता टेस्टहरुको सेन्सिटिभिटी ८० प्रतिशत भन्दा माथि हुनुपर्छ भनेको छ र त्यस्ता टेस्टहरु आए भने रियलटाईम पीसीआरको विकल्प हुनसक्ने विज्ञहरुको भनाइ छ । रियल टाइम पीसीआर नै सबैभन्दा भरपर्दो डाइगोनोसिस गर्ने माध्यम भएको उनीहरु बताउँछन्

सरकारले भने कोभिड–१९ संक्रमणको पहिचानका लागि भन्दै एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोगमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय परीक्षण निर्देशिकालाई परिमार्जन गरी एन्टिजिनमा आधारित परीक्षणबाट कोभिड संक्रमणको पहिचान गर्ने व्यवस्था गरेसँगै काठमाडौं उपत्यकामा परीक्षण शुरु भएको हो ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  २ : ३५ बजे

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा