२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

अवदेखि काठमाडौं महानगरपालिकाका सामुदायीक बिद्यालयमा अनिवार्य नेपाल भाषाको पाठ्यपुस्तक



काठमाडौं । बहुसंख्यत नेवार समूदायको बसोबास भएपनि सभ्यता र भाषा हराउंदै गएको काठमाडौमा यहि शैक्षिकसत्रबाट नेपाल भाषा(नेवारी भाषा) मा पढ्न पाईने भएको छ । महानगरपालिकाले सामूदायिक र संस्थागत विद्यालयहरुमा पठनपाठन गराउन नेपाल भाषा (नेवारी भाषा)को पाठ्यपुस्तक तयार गरेपछि काठमाडौबासीले नेपालभाषामा पढ्न पाउने भएका हुन् ।

महानगरपालिकाले कक्षा एक देखि आठ सम्म अनिवार्य विषयका रुपमा ‘येँ देय् म्हसीके’ नामक स्थानीय विषयको पठ्युस्तक पठनपाठन गराउने भएको हो । नेपालको संविधानको भाग ३ धारा ३२ को उपधारा (२) र (३)मा मुलुकका हरेक स्थानीय तहबाट स्थानीय पाठ्यक्रमका रुपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सक्ने व्यवस्था भए अनुसार महानगरले सो पाठ्यक्रमको विकास गरेको हो ।

यो पुस्तक महानगरपालिका भित्रका सबै संस्थागत तथा सामुदायिक विद्यालयहरुमा पढाइने महानगरपालिकाका शिक्षा विभाग प्रमुख नवराज ढकालले जानकारी दिए । ढकालका अनुसार पाठ्यक्रममा महानगरभित्रका चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक र प्राकृतिक स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषयहरु समेटिएका छन् । काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपी, परम्परागत खेल जस्ता विषय समेत पाठ्यक्रममा समेटिएको ढकालले बताए ।

महानगरपालिका भित्र ९२ वटा सामुदायिक विद्यालय र ६ सय ४० वटा संस्थागत विद्यालयहरु रहेका छन् । यी सबै विद्यालयमा एक सय पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन हुने पनि उनले भने ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ९ : ३४ बजे

हिमालचुलीको रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न पर्वतारोहण सङ्घलाई आग्रह

काठमाडौं । पर्वतारोहण रोयल्टीबापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा

मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति

मुस्ताङ । पछिल्लो चारवर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुुको आक्रमणबाट २३९

अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजको खेलमा अमेरिकाले

चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण

बेइजिङ । चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा

नेपाल-बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

काठमाडौं । बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा ढाकास्थित