७ चैत्र २०८२, शनिबार | March 21, 2026

ल्याण्डमार्क सामूहिक बलात्कारका मुख्य अभियुक्तलाई पाँच वर्ष कैद



काठमाडौ । उच्च अदालत पाटनले दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्तलाई पाँच वर्ष कैद र रु सात लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।

मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश किरण पौडेलको इजलासले आज काठमाडौँ जिल्ला अदालतले गरेको फैसला सदर गर्दै उक्त फैसला सुनाएको हो । काठमाडौँ जिल्ला अदालतले २०७६ कात्तिक २७ गते उक्त फैसला गरेको थियो ।

दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा २०७५ माघ ७ गते शैलेश कार्की, विकास गौतम, दीपक श्रेष्ठ र रवि पौडेलले १८ वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गरेका थिए ।

उक्त घटनामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालासले २०७६ कात्तिक २१ गते मुख्य अभियुक्त रामेछापका शैलेश कार्कीलाई पाँच वर्ष दुई महिना कैद हुने र पीडित युवतीलाई सात लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । उक्त घटनामा संलग्न तीनजना अभियुक्तलाई जनही १४ महिनाको कैद गर्ने फैसला सुनाइएको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध २०७७ साल भदौ २५ गते उच्च अदालतमा पुनरावेदन दर्ता भएको थियो । सोही मुद्दाको सुनुवाइपछि उच्च अदालतले जिल्लाकै सदर गर्ने फैसला गरेको हो ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ८ : ३९ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका