२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

ल्याण्डमार्क सामूहिक बलात्कारका मुख्य अभियुक्तलाई पाँच वर्ष कैद



काठमाडौ । उच्च अदालत पाटनले दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्तलाई पाँच वर्ष कैद र रु सात लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।

मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश किरण पौडेलको इजलासले आज काठमाडौँ जिल्ला अदालतले गरेको फैसला सदर गर्दै उक्त फैसला सुनाएको हो । काठमाडौँ जिल्ला अदालतले २०७६ कात्तिक २७ गते उक्त फैसला गरेको थियो ।

दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा २०७५ माघ ७ गते शैलेश कार्की, विकास गौतम, दीपक श्रेष्ठ र रवि पौडेलले १८ वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गरेका थिए ।

उक्त घटनामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालासले २०७६ कात्तिक २१ गते मुख्य अभियुक्त रामेछापका शैलेश कार्कीलाई पाँच वर्ष दुई महिना कैद हुने र पीडित युवतीलाई सात लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । उक्त घटनामा संलग्न तीनजना अभियुक्तलाई जनही १४ महिनाको कैद गर्ने फैसला सुनाइएको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध २०७७ साल भदौ २५ गते उच्च अदालतमा पुनरावेदन दर्ता भएको थियो । सोही मुद्दाको सुनुवाइपछि उच्च अदालतले जिल्लाकै सदर गर्ने फैसला गरेको हो ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ८ : ३९ बजे

जिल्ला प्रशासन कार्यालय जाजरकोटको सेवा अब प्रिफ्याब भवनबाट

जाजरकोट । टेन्टबाट सेवा दिदै आएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले

उपेन्द्र यादवले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका