१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढ्यो



काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई बढेको छ ।

हालसम्म रहेको सगरमाथाको उचाई ०.८६ मिटर बढेको हो । नेपाल र चीनले मंगलबार संयुक्त घोषणा गर्दै सगरमाथाको उचाई ०.८६ मिटर बढेको घोषणा गरेका हुन् ।

काठमाडौं र बेइजिङबाट संयुक्त रुपमा आयोजना गरिएको भर्चुअल कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको उचाईको घोषणा गरेका हुन् । चिनियाँ विदेशमन्त्री वाङ यीले मन्त्री ज्ञवालीको सम्बोधन लगत्तै सगरमाथाको सोही उचाईलाई चीनको तर्फबाट घोषणा गरेका छन् ।

नापी विभागमा भूमि सुधार मन्त्रालयका टोलीसहित परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, भूमी व्यवस्थामन्त्री पद्माकुमारी अर्याल लगायतका सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो ।

नेपाल र चीनका फिल्ड सर्वेक्षकहरुले सगरमाथाको अलगअलग सर्वेक्षण गरेका थिए । नेपालले पहिलो पटक आफ्नै स्रोतसाधनले सगरमाथाको उचाइ मापन गरेको हो । नेपालले करीब दुई वर्ष लगाएर उचाइ मापन गरेको थियो । पछि चिनियाँ प्राविधिकहरुसँग संयुक्त छलफल भएपछि निकालिएको सगरमाथाको उचाईलाई दुवै देशको सरकारले स्वीकृत गरेका थिए ।

गत मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाई सार्वजनिक गर्न स्वीकृति दिएको थियो ।

चीनमा चोमोलोङमा र बाँकी विश्वले माउन्ट एभरेष्ट भनेर चिन्ने सगरमाथाको पहिलो उचाई भारतले सन् १९५५ मा मापन गरेको थियो । सोही आधारमा अहिलेसम्म ८ हजार ८४८ मिटरलाई सगरमाथाको उचाई मानिँदै आएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  २ : १५ बजे

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,

सरकार संघीयताप्रति प्रतिबद्ध छ, हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा छैनौँ : प्रधानमन्त्री बालेन्द्र

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीयताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने