११ असार २०८३, बिहिबार | June 26, 2026

नौ महिनापछि पोखरामा खेलकूद प्रतियोगिता शुरु



कास्की । कोरोना सङ्क्रमण रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीपछि पोखरामा पहिलो पटक खेलकूद प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कपका लागि खेलाडी छनोट गर्न मङ्गलबारदेखि पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आयोजना गरेको क्लबस्तरीय छनोट प्रतियोगिता शुरु भएपछि खेलकूद गतिविधि पुनः रङ्गशालामा फर्किएको हो ।

पोखरामा पछिल्लो पटक फागुनअन्तिम साता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिता भएको थियो । कोरोना कहरका कारण गत वर्ष फागुन अन्तिम सातादेखि खेलकूद नगरी पोखरामा सबै खेल गतिविधि ठप्प भएका थिए ।

वर्षभरिनै नियमित खेलकूदका प्रतियोगिता सञ्चालन हुने पोेखरा रङ्गशालामा सङ्क्रमण रोक्न आह्वान गरिएको बन्दाबन्दीका कारण लामो समय कुनै पनि प्रतियोगिता तथा प्रशिक्षण नहुँदा खेलाडी प्रभावित बने । नौ महिनापछि रङ्गशालामा उपस्थित भएर प्रतियोगिता खेल्न पाउँदा खेलाडीहरु उत्साहित छन् ।

कोरोना महामारीको केही समयपछिनै विश्वका अन्य देशमा खेलकूद नियमित रहे पनि नेपालमा लामो समय बन्द हुँदा आफूहरुले लामो समय मैदानमा आउन नपाउँदा निराश बनेको क्रिकेट खेलाडी दीपेश खत्रीले बताए ।

उनले भने, “अन्तिम पटक मलेसियासँग खेलेपछि कुनै पनि प्रतियोगिता खेल्न पाएका थिएनौँ । कोरोनाले गर्दा सरकारले बनाएको नियम मानेर घरमा बसौँ, २० वर्ष क्रिकेटमा लागि जीवन दिएका हामी खेलाडी पुनः खेल्न पाउँदा उत्साहित भएका छौँ ।”

क्रिकेट, फुटबललगायत खेलका खेलाडीको उमेर कम हुने भएकाले एक वर्ष क्षति हुँदा प्रदर्शनसमेत प्रभावित हुने खत्रीको भनाइ छ । आगामी पुस ११ देखि हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोेगिताका लागि जिल्ला क्रिकेट सङ्घले खेलाडी छनोेट गर्न पोखरा रङ्गशालामा पुरुषको क्लबस्तरीय प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगितामा विभिन्न छ टोलीले सहभागिता जनाएका छन् ।

क्रिकेट रेफ्री भोजराज बरालले लामो समयपछि क्रिकेट प्रतियोगिता हुँदा खुशी लागेको बताउनुभयो । उनले विस्तारै क्रिकेट खेलको माहोल जिल्ला जिल्लामा बढ्ने विश्वास व्यक्त गर्दै प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताए। मङ्सिर २९ सम्म सञ्चालन हुने प्रतियोगितामा माछापुच्छ«े र पोखरा क्रिकेट क्लबसहित अरण्यज्योति, साङ्ग्रिला, कास्की र राईजिङ्ग पोखरा क्रिकेट क्लबसहित छ टोलीले सहभागिता जनाएको कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए।

क्लबस्तरीय प्रतियोगिताबाट जिल्लाको टोली छनोट गरी प्रदेश छनोट प्रतियोगितामा पठाइने क्रिकेट सङ्घले जनाएको छ । महिलाको भने क्लब नभएकाले छनोट ‘क्याम्प’मार्फत खेलाडी छनोट गरिने छ । आगामी पुुस १ देखि पोखरा रङ्गशालामा प्रदेशस्तरीय पुरुष तथा महिलाको छनोट प्रतियोगिताबाट महिला पुरुषको एक÷एक टोली प्रधानमन्त्री कपका लागि छनोेट गरिने सङ्घका सचिव दीपेन्द्र चन्दले जानकारी दिए।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  १ : ३९ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा