६ श्रावण २०८३, बुधबार | July 22, 2026

ग्लोबल आइएमई बैंक र सुलिकोट गाउँपालिकाबीच सम्झौता, बैंकले १० लाख रुपैयाँसम्म कृषि कर्जा दिने



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बारपाक सुलिकोट गाउँपालिकाबीच कृषि तथा पशुपालन कर्जा दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर  भएको छ ।

समझदारीपत्रमा गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट तथा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी र बैंकको तर्फबाट बारपाक शाखा प्रबन्धक प्रदिप गुरुङ्ग तथा सुपरभाइजर तेजबहादुर थापाले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार बैंकले आवश्यक प्रकृया पुरा गरेका कृषकहरुलाई परियोजनाको विशलेषणगरी न्यूनतम २ लाख रुपैयाँदेखि अधिकतम १० लाख रुपैयाँसम्म कर्जा प्रदान गरिनेछ । कृषिको व्यावसायिकता मार्फत आत्मनिर्भर पालिका निर्माणका लागि ग्लोबल आइएमई बैंकले स्थानीय निकायहरुसँगको सहकार्यमा विभिन्न किसिमका कर्जा प्रवाह गर्दै आएको छ ।

मुलुकको कूल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा करिब ६५ प्रतिशत जनता आश्रित रहेका छन् । कृषि कर्जामा बैंकको सहजीकरणलले उद्यमशीलताको विकास गर्ने, स्वरोजगार बनाउने र स्थानीय निकायहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बैंकको विश्वास रहेको छ ।

 

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  २ : ४५ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन