२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

राजसंस्थाको माग गर्दै रुपन्देहीमा शिव सेनाको प्रदर्शन



बुटवल, २६ मंसिर । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै शुक्रबार रुपन्देहीमा प्रदर्शन भएको छ । शिव सेना नेपालको आयोजनामा तिलोत्तमाको भलबारीबाट भैरहवासम्म मोटरसाइकल तथा कार ¥याली प्रदर्शन भएको हो ।

गाडीमा पृथ्वीनारायण शाहको तस्वीर राखेर राष्ट्रिय झण्डा सहित शुरु भएको ¥याली भलबारीबाट बुद्धचोक,लुम्बिनी रोड,गल्लामण्डी,मिलनचोक,देवकोटाचोक हुंदै बुद्धचोकमा पुगेर कोणसभा गरी समापन भएको थियो ।

कोणसभामा शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बाबा बस्नेत, केन्द्रीय सदस्य अनिल जैसवाल,रुपन्देही अध्यक्ष विपिन मल्लिक लगायतले राष्ट्रिय एकता,अखण्डता र धर्म रक्षाका लागि राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गरिनुपर्ने धारणा राखेका थिए ।

भ्रष्टाचार र विदेशी हस्तक्षेपले गणतन्त्र असफल भइसकेकाले जनतामा जागरणका लागि देशव्यापी प्रदर्शनको अभियान थालेको उनीहरुको दावी थियो । ¥यालीमा दुईहजार जना भन्दा बढीको सहभागिता रहेको आयोजक नारायण अर्यालले दावी गरे । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको लागि हुने जुनसुकै प्रदर्शनमा सहभागी हुन राप्रपा रुपन्देहीले विज्ञप्ति नै निकालेर अपील गरेको थियो । बिहीबार पनि भैरहवामा राजावादीहरुले गणतन्त्र खारेजीको माग गर्दै वृहत प्रदर्शन गरेका थिए । राजावादीको यस्ता प्रदर्शनमा प्रशासनले कुनै अवरोध गरेको छैन ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ६ : ०८ बजे

सूर्य नेपालको ‘टोफिचो तड्का इमिली’ बजारमा

काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि.

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ

भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद

काठमाडौं । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री

शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्छौँ : मन्त्री गंगा श्रेष्ठ

सिन्धुली । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन

म विरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले