१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

कलंकीमा ब्रेक फेल भएको ट्रकको ठक्करबाट दर्जन सवारी साधनमा क्षति, एकजनाको घटनास्थलमै मृत्यु



काठमाडौं । काठमाडौंको कलंकीमा एउटा ट्रकले ६ वटा सवारी साधनलाई ठक्कर दिएको छ ।

ट्रकको ब्रेकफेल भएको प्रहरी अनुमान छ । ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृतक सडकपेटीमा बस्दै आएका नागरिक भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहका अनुसार हेटौँडाबाट सिमेन्ट लिएर सुकेधारातर्फ जाने क्रममा प्रदेश २ ०३००१ ख १४२० नम्बरको ट्रक ढुङ्गेअड्डा-कलंकी क्षेत्रमा अनियन्त्रित भएको थियो ।

सो ट्रकले एउटा ट्याक्सी, एउटा पिकअप भ्यान, एउटा बस, एउटा मोटरसाइकल, एउटा स्कुटर र साइकललाई समेत ठक्कर दिएको थियो । पछि ट्रक बिजुलीको पोलमा पुगेर ठोक्किएको थियो ।

बिजुलीको पोलसमेत भाँचेर टहरामा पुगेर ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित दुईजना घाइते भएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ८ : ५२ बजे

‘नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ’

वासिङ्टन,डिसी । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक

इलाम-२ मा रास्वपाका उमेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौं । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा

गर्मीका कारण बङ्गलादेशका विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय

बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको