२४ असार २०८३, बुधबार | July 9, 2026

सिकाइ प्रभावकारिताका लागि अभिभावक शिक्षामा लगानी गर्न सुझाव



काठमाडौ । विषम स्थितिमा सिकाइको निरन्तरता र प्रभावकारिताका लागि अभिभावकको भूमिका बढाउन लगानी वृद्धि गर्न शिक्षाकर्मीले जोड दिएका छन् ।

शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रले आज भर्चुअलरुपमा आयोजना गरेको छलफल कार्यक्रममा ‘अभिभावकहरु केही जान्दैनन् वा उनीहरुको भूमिका आवश्यक छैनन्’ भन्ने पुरानो मान्यता शिक्षा सुधारमा बाधक भएको जनाइएको हो ।

शिक्षाविज्ञ टीका भट्टराईले अवधारणापत्र प्रस्तुत गर्दै ‘शिक्षाका लागि अभिभावकलाई सिकाऔँ वा उनीहरुलाई अगाडि ल्याऔँ’ भन्ने सोच राज्यमै हुनुपर्छ र त्यसको कार्यान्वयनमा शिक्षकहरु अग्रसर हुनुपर्नेमा जोड दिए । विश्लेषक भट्टराईले विद्यालय खोल्ने–नखोल्ने भन्ने निर्णय गर्दा अभिभावकलाई पूर्वपरामर्शमा राख्न पनि सुझाव दिए ।

नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले राज्यले अभिभावकको भूमिकालाई सक्रिय र सुशिक्षित गराउन योजनाबद्ध वा संस्थागत लगानी गर्न आग्रह गर्दै त्यसका आधारमा अभिभावक सक्रिय हुने बताए । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष कृष्ण थापाले केही समय पहिलेको युनेस्कोको एक अध्ययनले शिक्षामा ४४ प्रतिशत राज्य र ५६ प्रतिशत लगानी अभिभावकले गर्ने गरेको देखाए पनि कानूनी र नीतिगत तहमा अभिभावकको भूमिका सक्रिय नबनाइएको गुनासो गरे ।

शिक्षा अभियानकर्मी बाबुकाजी श्रेष्ठले अभिभावकको भूमिका शिक्षाका लागि व्यवस्थापन गर्नु मात्रै होइन भन्ने मान्यता विकास गरी ‘च्यारिटी बिगेन्स विथ होम’ भन्ने मान्यतालाई आत्मसात् गरी जीवनपर्यन्त गुणस्तरीय सिकाइको राष्ट्रयसङ्घीय दिगो विकासको लक्ष्य पूर्तिमा लाग्न आग्रह गरे ।

झापाको जनजागृति माविका प्रधानाध्यापक इन्दिरा चुडालले आफूहरुले सिकाइलाई प्रभावकारी बनाउन कोभिड–१९ कै स्थितिमा पनि गाउँपालिकाको स्वीकृतिमा अभिभावकको भूमिकालाई सक्रिय तुल्याइएको अनुभव सुनाए।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ३ : ४२ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको