१५ माघ २०८२, बिहिबार | January 29, 2026

३९६औं बाग्मती सफाइ महाअभियान : पशुपति क्षेत्रमा फोहर बढ्दा चिन्ता, शंखमुलमा सचेतना कार्यक्रम



काठमाडौं ।बाग्मती सफाइ महाअभियानको ३९६औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ ।

पशुपति क्षेत्रको सफाइ अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा भएको थियो । सफाइमा गङ्गा पुरीलगायत अभियानकर्मीको सक्रियता थियो ।

पशुपतिबाट तिलगङ्गासम्म सीमित अभियानकर्मीले मात्र सफाइ गर्दा जम्मा भए जति सबै फोहर उठाउन नसकिएको उनले बताए ।

पशुपतिको आर्यघाट र भष्मेश्वरघाटमा पछिल्लो समय शव आउने क्रम बढेसँगै यस क्षेत्रको नदी किनारमा पनि फोहर बढ्दै गएको छ । शवमा प्रयोग हुने कपडा, फूलमाला, क्रियापुत्रीले पहिले लगाएका कपडा, बाँसलगायत फोहर नदीमै फालिने गरेको छ । वर्षामा बहाव धेरै हुँदा यी बगाएर लगे पनि हिउँदमा पानी घटेसँगै नदीमा फोहर बढ्ने गरेको छ ।

यसैगरी शङ्खमूल पुल क्षेत्रमा गरिएको सफाइमा विशेषगरी माइक्रो पार्कका चालक सहचालकलाई चेतनामुलक सन्देश प्रवाह गरिएको अभियानकर्मी डा. लक्ष्मी पौडेलले जानकारी दिइन । त्यसअवसरमा माइक्रो पार्कमा फोहर राख्ने डष्टबिनसमेत वितरण गरिएको थियो ।

यसैगरी विष्णुमती सफाइको ३२५औँ हप्तामा काठमाडौँ महानगरपालिका–१७ खुबिबुं क्षेत्रमा सफाइ गरिएको छ । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजलगायत स्थानीय संस्थाको सक्रियतामा भएको सफाइमा नदीमा फोहर नफालौँ जल सभ्यताको संरक्षण गरौँ भन्दै अभियानकर्मी सक्रिय रहेको संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए । सफाइमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर ६० जनाले सफाइ गरेको जनाइएको छ ।

यसैगरी गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, मनोहरा, चक्रपथको उत्तरी र पश्चिमी भेगलगायत स्थानमा पनि सफाइ गरिएको छ । कोरोना कहर चलिरहेकाले सबै स्थानको सफाइमा नदी किनार नजीकै निवास भएका अभियानकर्मीमात्र सहभागी हुँदै आउनुभएको छ ।

नदी किनारभन्दा टाढा निवास रहेका अभियानकर्मी भने टोल सफाइ एवं चेतना अभिवृद्धिमा सक्रिय भएका थिए । विसं २०७० जेठ ५ गतेदेखि दुई घण्टा देशका लागि स्वयंसेवा भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियान सुरु भएको हो । वाग्मती सफाइ महाअभियान शुरु भएसँगै यसका सहायक नदी, उपत्यकाका विभिन्न स्थानसहित देशभरका मुख्य मुख्य स्थानमा सफाइ भइरहेको छ ।

हाल देशभर १०६ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ । वाग्मती सफाइ महाअभियान आगामी पुस २५ गते ४००औँ हप्तामा प्रवेश गर्दैछ । त्यस अवसरमा विशेष कार्यक्रमको तयारी गरिएको सफाइ महाअभियानले जनाएको छ ।

तस्विर : डा. लक्ष्मी पौड्यालको फेसबुकबाट

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ४ : ०९ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला