३ चैत्र २०८२, मंगलबार | March 17, 2026

३९६औं बाग्मती सफाइ महाअभियान : पशुपति क्षेत्रमा फोहर बढ्दा चिन्ता, शंखमुलमा सचेतना कार्यक्रम



काठमाडौं ।बाग्मती सफाइ महाअभियानको ३९६औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ ।

पशुपति क्षेत्रको सफाइ अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा भएको थियो । सफाइमा गङ्गा पुरीलगायत अभियानकर्मीको सक्रियता थियो ।

पशुपतिबाट तिलगङ्गासम्म सीमित अभियानकर्मीले मात्र सफाइ गर्दा जम्मा भए जति सबै फोहर उठाउन नसकिएको उनले बताए ।

पशुपतिको आर्यघाट र भष्मेश्वरघाटमा पछिल्लो समय शव आउने क्रम बढेसँगै यस क्षेत्रको नदी किनारमा पनि फोहर बढ्दै गएको छ । शवमा प्रयोग हुने कपडा, फूलमाला, क्रियापुत्रीले पहिले लगाएका कपडा, बाँसलगायत फोहर नदीमै फालिने गरेको छ । वर्षामा बहाव धेरै हुँदा यी बगाएर लगे पनि हिउँदमा पानी घटेसँगै नदीमा फोहर बढ्ने गरेको छ ।

यसैगरी शङ्खमूल पुल क्षेत्रमा गरिएको सफाइमा विशेषगरी माइक्रो पार्कका चालक सहचालकलाई चेतनामुलक सन्देश प्रवाह गरिएको अभियानकर्मी डा. लक्ष्मी पौडेलले जानकारी दिइन । त्यसअवसरमा माइक्रो पार्कमा फोहर राख्ने डष्टबिनसमेत वितरण गरिएको थियो ।

यसैगरी विष्णुमती सफाइको ३२५औँ हप्तामा काठमाडौँ महानगरपालिका–१७ खुबिबुं क्षेत्रमा सफाइ गरिएको छ । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजलगायत स्थानीय संस्थाको सक्रियतामा भएको सफाइमा नदीमा फोहर नफालौँ जल सभ्यताको संरक्षण गरौँ भन्दै अभियानकर्मी सक्रिय रहेको संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए । सफाइमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर ६० जनाले सफाइ गरेको जनाइएको छ ।

यसैगरी गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, मनोहरा, चक्रपथको उत्तरी र पश्चिमी भेगलगायत स्थानमा पनि सफाइ गरिएको छ । कोरोना कहर चलिरहेकाले सबै स्थानको सफाइमा नदी किनार नजीकै निवास भएका अभियानकर्मीमात्र सहभागी हुँदै आउनुभएको छ ।

नदी किनारभन्दा टाढा निवास रहेका अभियानकर्मी भने टोल सफाइ एवं चेतना अभिवृद्धिमा सक्रिय भएका थिए । विसं २०७० जेठ ५ गतेदेखि दुई घण्टा देशका लागि स्वयंसेवा भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियान सुरु भएको हो । वाग्मती सफाइ महाअभियान शुरु भएसँगै यसका सहायक नदी, उपत्यकाका विभिन्न स्थानसहित देशभरका मुख्य मुख्य स्थानमा सफाइ भइरहेको छ ।

हाल देशभर १०६ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ । वाग्मती सफाइ महाअभियान आगामी पुस २५ गते ४००औँ हप्तामा प्रवेश गर्दैछ । त्यस अवसरमा विशेष कार्यक्रमको तयारी गरिएको सफाइ महाअभियानले जनाएको छ ।

तस्विर : डा. लक्ष्मी पौड्यालको फेसबुकबाट

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ४ : ०९ बजे

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन

हुरीबतासबाट रुख ढलेर उदयपुरमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै