काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल देशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । हिमाली भूभागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी, आज राति हिमाली भूभागमा आंशिक बदली रहने तथा पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।


















प्रतिक्रिया