२४ बैशाख २०८१, सोमबार | May 7, 2024

पुष १८ भित्र संसद अधिवेशन बोलाउनुपर्ने बाध्यातमक अवस्था छ : सभामुख सापकोटा



काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन बोलाउन ढिलाई गरिरहेका बेला सभामुख अग्निप्रसाद सापकोटाले पुस १८ गतेभित्र अधिवेशन बोलाउनै पर्ने बाध्यता रहेको बताएका छन् ।

१४औं संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभामुख सापकोटाले जति ढिलाई गरेपनि पुष १८ गतेसम्म अधिवेशन बोलाउनुपर्ने बाध्यता रहेको जनाएका हुन् ।

संवैधानिक प्रावधान अनुसार एक अधिवेशन सकिएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाउनैपर्ने बाध्यता रहेको छ ।सभामुख सापकोटाले अधिवेशनका लागि तयार रहन संसद सचिवालयलाई निर्देशन पनि दिएका छन् ।

कोरोना भाइरसको संक्रमणको कारण देखाउँदै सरकारले संसदको वर्षे अधिवेशन गत असारमै अन्त्य गरेको थियो । यसपटक भाइरसको संक्रमणबाट अधिवेशन प्रभावित नहोस भनेर विशेष तयारी गरेको सापकोटाले बताए ।

संविधानअनुसार संसद अधिवेशन आह्वान र अन्त्य सरकारले गर्नेगर्छ । सत्तारुढ दलभित्र विवाद चर्किएकै कारण गत असारमा समेत हतारोमा अधिवेशन अन्त्य गरेको सरकारले अहिले हिउँदे अधिवेशन आह्वान गर्न चासो नै देखाएको छैन । बरु, संसदबाट पारित गर्नुपर्ने कतिपय महत्वपूर्ण विधेयकलाई अध्यादेशमार्फत भटाभट जारी गरिरहेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ४ : ५८ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,