२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको रिठेपानी डाँडा कटान सुरु



पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण–पूर्वमा रहेको रिठेपानी डाँडा कटानका लागि वातावरणीय प्रभाव मुल्याङ्कन शुरु भएको छ ।

विमानस्थलले डाँडा कटानका लागि डिभिजन वन कार्यालय पोखरामा स्वीकृति मागेपछि वन कार्यालयले वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) शुरु गरेको हो । वनमा रहेका ६ सय वटा रुख कटान गर्नुपर्ने देखिएको वन कार्यालयले बताएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्ड अनुसार विमानस्थलबाट नजिक रहेका डाँडालाई कटान गर्नुपर्ने हुन्छ । सोही अनुसार रिठेपानी डाँडा पनि ४० मिटर कटान गर्नुपर्ने देखिएको छ ।

विमानस्थलको अनुरोधमा ६ सय वटा रुख हटाउनको लागि नम्बरिङ गर्ने काम भइसकेको छ । तर वन सम्बन्धी कार्यविधि अनुसार विामानस्थलले १ रुख बराबर २५ रुख हुर्काएर वन विभागलाई जिम्मा लगाउनुपर्ने व्यवस्था छ । सोही अनुसार विमानस्थलले नयाँ ठाउँमा जग्गा प्राप्ती गरी उपलब्ध गराएपछि डाँडा कटान शुरु गर्न स्वीकृति दिइने डिभिजन वन कार्यालय पोखराका प्रमुख केदार बरालले बताए ।

ठुला विकासका आयोजनाका नाम वन विनासलाई नियन्त्रण नगर्दा वन मासिदै गएको वन संरक्षणकर्मी राजु आर्चायले बताए ।  आयोजना निर्माण हुँदा एक रुख बराबर २५ विरुवा हुर्काएपछि मात्र्र वन कटान शुरु गरिनुपर्ने बताए ।

विकासको नाममा कुनै पनि आयोजनाले एक वटा रुख विनास गरेवापत २५ वटा रुख हुर्काउनुपर्ने हुन्छ । तर विमानस्थलको निर्माण कार्य सम्पन्न हुनै लाग्दा समेत जग्गा प्राप्ती गरी विरुवा हुर्काउने प्रक्रिया अगाडि नबढ्नुले रिडेपानी डाँडा कटान हुने कार्य प्रभावित हुने देखिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  २ : ४४ बजे

१ सय रुपैयाँ बढीको सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतको रोक

काठमाडौं । नेपाल-भारत सीमा नाकाबाट १ सय रुपैयाँ भन्दा बढीको

विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकारण

नेपालगन्ज । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि

एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ