१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

ललिता निवास जग्गा प्रकरण : अदालत उपस्थित हुनेको संख्या १०० पुग्यो



काठमाडौं । बालुवाटार स्थित ललिता निवास प्रकरणमा विशेष अदालतमा मुद्दा परेका १ सय ७५ मध्य आज सम्ममा १ सय जना अदालतमा उपस्थित भएका छन् । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको भ्रष्टाचार मुद्दामा प्रतिवादी मध्ये सोमबार तीनजना उपस्थित भएसँगै अदालत उपस्थित हुनेको संख्या १ सय पुगेको हो ।

अदालत उपस्थित नभएर फरर सूचिमा रहेका फणीन्द्रप्रसाद दाहाल, प्रेमबहादुर खापुङ र भवानी जोशी सोमबार अदालतमा उपस्थित भएका थिए । अदालतले उपस्थित भएका ३ जना मध्य दाहाल र खापुङलाई ५०–५० हजार रुपैयाँ धरौटी जम्मा गरेर छाड्ने आदेश दिएको छ भने जोशीलाई अदालतले बोलाएको बेला उपस्थित हुने गरी छाडिएको विशेष अदालतका उपरजिष्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए ।

मुद्दामा जोशीलाई जग्गा जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको थियो । दाहाल माथि सात करोड आठ लाख ४८ हजार रुपैयाँ बिगो मागदाबी गरिएको थियो । उनी तत्कालीन मालपोतमा नायव सुब्बाका रूपमा कार्यरत थिए । त्यसैगरि खापुङ माथि अख्तियारले नौ करोड ६५ लाख ७६ हजार रुपैयाँ माग गरेको थियो । उनी नामसारीको कारनामा हुँदा मालपोत कार्यालय डिल्लीबजारमा अधिकृत थिए ।

यस अघि आइतबार अदालतमा उपस्थित भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ९ : ३२ बजे

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी