२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

संवैधानिक परिषद बैठकमा सभामुख सापकोटा अनुपस्थित, बैठक स्थगित



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको संवैधानिक परियषदको बैठकमा आज पनि सभामुख अग्नी सापकोटा अनुपस्थित भएका छन् ।

आईताबार बिपक्षीदलका नेता शुरबहादुर देउवा र सापकोटा अनुपस्थित भएपछि स्थगित बैठक आजका लागि डाकिएको थियो । आजको बैठकमा देउवा ढिलो गरी उपस्थित भएपनि सापकोटा उपस्थित भएनन् । बरू सभामुख सापकोटाले अध्यक्ष र सदस्यहरूबीच बैठकअघि समन्वय नभएकोमा गुनासो गरेका छन् ।

कार्यविधि बिपरित एजेण्डा बिना बैठक बोलाइएका कारण सभामुख सापकोटा अनुपस्थित भएको बताइएको छ । पर्याप्त गृहकार्य र संवैधानिक परिषद ऐन २०६६ अनुसार बैठक नबोलाइएकाले बैठकमा सहभागी हुन नसकेको सभामुख निकट स्रोतले बताएको छ ।

ऐनमा बैठक बस्नु ४८ घण्टा पूर्व बैठकको एजेण्डा खुलाएर सदस्यहरुलाई सुचना गर्नु पर्दछ । संवैधानिक परिषद (काम कर्तव्य र अधिकार) सम्बन्धी ऐन २०६६ को दफ ६ (३) अनुसार परिषदको बैठकको गणपूरक संख्याका लागि अध्यक्ष र कम्तिमा चारजना सदस्यहरु उपस्थिति हुनुपर्छ ।

बिहान ९ बजेका लागि बोलाएको बैठकमा बिहान साढे ९ बजेसम्म प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना मात्रै उपस्थित थिए। सभामुख उपस्थित हुन नसकेमा आजको बैठक पनि गणपुरक संख्या नपुगेर स्थगित भएको छ ।

सत्तारूढ नेकपा भित्रको अन्तरद्वन्दकै कारण सभामुख अनुपस्थित भएको नेकपाका एक स्थायी समिति सदस्यले बताएका छन् । नेकपामा अध्यक्ष प्रचण्डसहित माधव नेपाल पक्षले प्रधानमन्त्रीले संवैधानिक परिषदको नियुक्तिका विषयमा पार्टीसँग कुनै सल्लाह नगरेको बताउँदै आएका छन् ।

आइतबारको बैठकमा पनि सभामुख सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित भएका थिएनन्। जसले गर्दा गणपुरक संख्या नपुगेर बैठक स्थगित भएको थियो।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  १० : ५९ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको