२६ बैशाख २०८१, बुधबार | May 8, 2024

संवैधानिक परिषद् बैठकपछि राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

संवैधानिक परिषदमा ३ सदस्यीय सदस्यको उपस्थितिमा बैठक र बहुमतका आधारमा निर्णय गर्नसक्ने प्रावधान राख्दै साँझ बैठक राखेका प्रधानमन्त्री अहिले राष्ट्रपति भेट्न शितल निवास पुगेका हुन् ।

प्रधानमन्त्रीकै इच्छामा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश मंगलबार दिउँसो जारी गरेकी थिइन ।

संवैधानिक परिषद बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन् ।

करिब २ घण्टा बसेको बैठकमा विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा नियुक्तिबारे छलफल भएको थियो ।

परिषद्का सदस्य तथा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने, ‘आजको संवैधानिक परिषद्को बैठकमा रिक्त रहेका विभिन्न संवैधानिक आयोगमा नियुक्तिबारे छलफल भएको छ ।’

 

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ७ : ५४ बजे

बाँकेको फत्तेपुरका एक सय २६ घरमा स्वच्छ पेयजलको सुविधा

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरमा ‘एक घर, एक

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा

सुहाङले आज सांसदको सपथ लिँदै

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा

चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु

काठमाडौं । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा

वनमा आगो लगाएको अभियोगमा पक्राउ

ओखलढुंगा । वनमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ परेका छन्