१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

क्लाउड कम्पुटिङ्गमा लर्डबुद्ध तथा जेनेज क्लाउड एकेडेमी बीच सहकार्य



काठमाडौ । क्लाउड कम्पुटिङ्गमा लर्डबुद्ध तथा जेनेज क्लाउड एकेडेमी बीच सहकार्य हुने भएको छ । रोजगारीको संभावना रहेको क्षेत्र  ( क्लाउड कम्पुटिङ्ग ) मा दक्ष जनशक्ति उत्पादन गर्नको लागि लर्ड बुद्ध एजुकेसन फाउण्डेसन  (LBEF) क्याम्पसले बेलायतको जेनेज क्लाउड एकेडेमसगं (GCA) सहकार्य गर्ने भएको हो । यस साझेदारी कार्यक्रम अन्तरगत विद्यार्थीले बीएससी आईटी (आनर्स) को साथ साथै जेनेस क्लाउड एकेडेमीको सहकार्यमा क्लाउड कम्पुटिङ्ग सैद्धान्तिक तथा व्यहारिक ज्ञान प्राप्त गर्ने छन् ।

क्लाउड कम्पुटिङ्गको प्रयोग अहिले व्यवसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा रहेको छ । सन २०२१ सम्ममा विश्वव्यापी रुपमा यसको व्यापार ३०० बिलीयन डलरको हुने अनुमान गरिएको छ । उधोग व्यवसायमा बढ्दो सुचना प्रविधीको प्रयोगले क्लाउड कम्पुटिङ्गमा दक्ष जनशक्तिको ठुलो मागँ रहेको छ ।

यस क्षेत्रमा विश्वव्यापीरुपमा रोजगारीका नयाँ अवसरहरु सृजना भएका छन् । व्यवसायीहरुले सफ्टवेयर, इन्फ्रास्ट्रकचर र प्लेटफर्मलाई सेवाको रुपमा ग्रहण गर्दै जादाँ अग्रणी क्लाउड सेवा प्रदायकहरु बढी प्रतिस्पर्धी हुदै गइरहेका छन् । पछिल्ला ३ वर्षमा यस क्षेत्रमा २२३% ले रोजगार वृद्धी भएको देखिन्छ ।

सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले एसिया प्यासिफिक यूनीभर्सिटी (APU),  मलेसियासँग शैक्षिक सहकार्य गरि नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक स्तरको (B.Sc.IT) र (B.B.M.) विषयमा अध्यापन गराउदैं आएको छ ।

संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ । कलेजका अध्यक्ष पंकज जालानले भने “यस सहकार्यले उद्योग र औपचारिक शिक्षा बिचको दुरीलाई कमगर्ने विश्वाश लिएका छौं ।

उक्त कार्यक्रममा लर्डबुद्ध एजुकेसन फाउण्डेसनले बीएससी आईटी (आनर्स) कार्यक्रममा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुकोलागी एक जना छात्रा सहित ३ जना विद्यार्थीहरुकोलागी पुर्ण छात्रवृती उपलब्ध हुने जानकारी गराएको छ । सोको छनौट जेनेस क्लाउड एकेडेमीको अगुवाईमा गठीत छात्रवृती छनौट समितिले गर्नेछ ।

उक्त कार्यक्रममा जेनेज क्लाउड एकेडेमीका सीईओ श्री अंजनी फुयालले सूचना प्रविधि उद्योग र शैक्षिक क्षेत्र बीच सहकार्यको महत्वमा जोड दिए । उनले भने आजको यस डिजिटल युगमा क्लाउड कम्प्युटिङ्ग सबै उद्योग हरु को लागी मेरुदण्ड साबित भएको छ ।

यसले सूचना प्रविधिमा भविष्य देखिरहेका विद्यार्थीहरूको लागि विश्वव्यापी रोजगारीको सृजना गरेको छ । उक्त अवसरको लागि विद्यार्थीहरुले यस क्षेत्रसँग सम्बन्धित ज्ञानको दक्षता हासिल गर्न तयार रहनु पर्नेछ । उनका अनुसार आज लर्ड बुद्ध एडुकेसन फाउनडेसन र जेनेज क्लाउड एकेडेमी बीच भइरहेको यस साझेदारीले शैक्षिक क्षेत्र तथा सूचना प्रविधि उद्योग बीचको दुरीलाई कम गर्न कोशेढुंगा सावित हुनेछ ।

उक्त कार्यक्रममा कम्प्युटर एसोसिएशन अफ नेपाल (क्यान) का निवर्तमान अध्यक्ष र विश्व सूचना प्रविधि र सेवा गठबन्धन कार्यकारी सदस्य श्री हेमन्त चौरसियाको समेत उपस्थिति रहेको थियो ।
उनले आईटी शिक्षालाई समृद्ध बनाउन शैक्षिक संस्थालाई सहयोग गर्न कम्प्युटर एसोसिएशन अफ नेपाल सदैव तत्पर रहने प्रतिबद्धता व्यक्तु गरे ।

 

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १ : १६ बजे

अवैध डेढ केजी बढी सुन र डेढ करोड रकम सहित सात जना पक्राउ

काठमाडौं ।अवैध सुनको कारोवारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका(२४ स्थितबाट

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको