१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

अब बुटवलको हिलपार्कमा पनि जीपलाइनमा सरर



बुटवल । पर्यटकीय र साहसिक खेलका रुपमा परिचित जीप लाइन रुपन्देहीको बुटवलमा पनि सरु भएको छ ।

बाह्य तथा आन्तरिक पर्यटकहरुलाई लक्षित गरी बुटवलको हिलपार्कमा जीप लाइन संचालनमा ल्याइएको हो ।

रुपन्देहीमा फुटबलमा लामो समयदेखि योगदान दिएका खेलप्रेमी हरिप्रसाद श्रेष्ठले यो खेल बुटवलमा भित्राएका हुन् । लक्ष्मी आर्दश सामुदायिक वन उपभोक्ता समुहको हिलपार्क र उत्तरको अर्को डाँडालाई जोड्ने गरी जीप लाइन तयार गरिएको छ ।

स्थानीय लक्ष्मी आर्दश सामुदायिक वन उपभोक्ता समुहसँग सहकार्य गरी बाईल्ड बल्डर्स नेपाल प्रालीले साहसिक खेल संचालनमा ल्याएको हो ।

हिलपार्क जीप लाइन परियोजनामा करीब सवा करोडको गुरुयोजना अनुसार काम भैरहेको संचालक श्रेष्ठले बताए । पहिलो चरणमा जिप लाइनको पूर्वाधार तयार भएको छ ।

दुबै डाँडामा रुखलाई नै आर्कषक ढंगले मचाङ बनाइएको छ । जीपर्लानमा झुण्डिएर पर्यटकले बुटवल शहरको सुन्दर दुश्यावलोकन समेत गर्न पाउने व्यवस्था मिलाईएको श्रेष्ठले बताए । ‘लक्ष्मीनगर र हिलपार्कमा चिल्डेन पार्क बनाउने, चमेना गृह निमार्णको समेत तयारी छ’– उनले भने ।

दुईतर्फी जीप लाईन संचालन भएको नेपालको बुटवलमा मात्र भएको उनले दाबी गरे । एकतर्फी ६ सय ५० मिटर र अर्कोतर्फ ७ सय ५० मिटर गरि दुईतर्फी १ हजार ४ सय मिटर दुरीको यो सम्भवतः नेपालकै सबैभन्दा लामो जीप र्लान समेत भएको उनले बताए ।

वाईल्ड बल्डर्स नेपाल प्रालीका संचालक राजकुमार श्रेष्ठले खेलसंगै वन संरक्षण र आयआर्जनको राम्रो विकल्प भएको बताए । वाइल्ड बल्डर्सले चितवन, गोदावरीमा पनि जीपलाइन संचालनमा ल्याएको छ ।

वनलाई नबिगारी साहसिक खेल भित्राउने काम गरिएको वन उपभोक्ता समुहका अध्यक्ष याम बहादुर थापाले बताए । ‘प्राकृतिक मैत्री रुपमा पूर्वाधार बनाईएको हो’– उनले भने । नेपालमा चितवन, काठमाण्डौबाहिर पोखरा, धुलिखेलमा समेत जीप लाईन संचालनमा छ ।

पर्यटकलाई अहिले उद्घाटनको अवसरमा केही समयका लागि १ हजार ५ सय रुपैयाँ तोकिएको उनले बताए । जीप लाईन शुरुभएसंगै ५ जनाले रोजगार पाएका छन । गुरुयोजना अनुसार पुर्वाधार पुरा भए दुई दर्जन बढीले रोजगार पाउने छन ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ५ : ३९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम