७ चैत्र २०८२, शनिबार | March 21, 2026

‘एनआरएन घुम्ती रगत बस परियोजना’ अन्तर्गत पहिलो मोवाइल ब्लड बस शुक्रबार हस्तान्तरण हुने



काठमाडौं । गैरआवासीय नेपाली संघले आगामी शुक्रबार (पौष ३ ) गते ‘एनआरएनए घुम्ती रगत बस’ हस्तान्तरण गर्नेभएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको नेतृत्व तथा सचिव गौरी राज जोशीको संयोजकत्वमा  पहलमा सुरु गरिएको यो परियोजना हस्तान्तरण गर्न लागिएको हो ।

नेपाल रेडक्रस सोसाइटी चितवनसँग सहकार्य गरी प्रतिकुल समयमा पनि रगत संकलन गर्नका लागि यो परियोजना सुरु गरिएको संयोजक जोशी बताउँछन् । यसले विषम परिस्थितिमा पनि रगतको अभाव हुन नदिई संकलन तथा भण्डारण तथा व्यवस्थापनलाई गुणस्तरीय र सर्व सुलभ बनाउन मदत गर्ने विश्वास लिइएको छ ।

यस परियोजनाको लागि स्वास्थ्य सामाग्री सहितको सुविधा सम्पन्न बस व्यवस्थापनको सम्झौता भएको थियो ।यस परियोजनाको लागि करिब ७६ लाख नेपाली रुपैयाँ संकलन भएकोमा   करिब ६१ लाख खर्च हुने भएको छ ।

नेपाल रेडक्रस सोसाईटी चितवन जिल्ला शाखा अन्तर्गत क्षेत्रीय रक्तसंचार सेवा चितवनले स्थापनाकालदेखि नै बिरामीहरुलाई सेवा पुर्‍याउँदै आएको र विरामीहरुलाई रगत व्यवस्थापनमा अहम् भूमिका निर्वाह गरेकोले पनि एनआरएनले सहकार्य अघि बढाएको हो ।

विशेषगरी थालासेमिया, हेमोफिलिया, मिर्गौला रोगी, मुटुसम्बन्धी रोगी र अन्य अत्यावश्यक र आकस्मिक रुपमा रगत चाहिनेहरुका लागि यस परियोजनाले राहत प्रदान गर्ने विश्वास लिइएको छ । “नेपालीका लागि नेपाली” भन्ने भावनालाई आत्मसात गर्दै गैरआवासीय नेपाली संघले रक्तसञ्चार पद्धति कार्यदल स्थापना गरेको थियो ।

यस कार्यदलले नेपालमा रगत सेवालाई गुणस्तरीय र सर्व सुलभ बनाउनको लागि रक्तसञ्चार क्षेत्रमा विभिन्न कार्यक्रम तथा परियोजनाहरु सञ्चालन गर्दै आएको छ ।  गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको नेतृत्व तथा सचिव गौरी राज जोशीको संयोजकत्वमा रहेको यस परियोजनामा करिब ४०० जना भन्दा बढी गैरआवासीय नेपालीहरुले सहयोग गरेका छन् ।

एनआरएनको घुम्ती रगत बस सामाजिक दुरी कायम हुने गरी निर्माण भएको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ७ : ४६ बजे

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

काठमाडौं । चीन सरकारले नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकामा