१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

रहरैरहरले गरेको तरकारी खेतीले गाउँको मुहार नै फेरीयो



गलेश्वर । दुई भाइ र छोरा अमेरिका, बुहारी जापान । घरमा प्रशस्त पुख्र्यौली सम्पत्ति । घरमा चार जनाको सानो परिवार । म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटको सानालेखका ४६ वर्षीय ध्रुव थापालाई नपुग्दो केही छैन ।

बागलुङ बजारमा घर र बगरफाँटको जग्गा अरुले नै प्रयोग गरिरहेका छन् । अमेरिका र जापानमा रहेका भाइ, छोरो र बुहारीबाट मासिक रु १२ लाखभन्दा बढी थापाको हातमा पर्छ तर, थापालाई भाइ र छोरा बुहारीले विदेशमा कमाएर पठाएको मासिक रु १२ लाखले ऐयासी र घमण्डी बनाएन ।

बरु उनीहरुले विदेशमा दुःख गरेर पठाएको पैसा बचत गरिदिने र घरखर्चलगायत आफ्नो व्यावहारिक जीवन चलाउन आफ्नै माटोमा पौरख गर्ने जाँगर सिकायो । त्योभन्दा पनि बढी थापाकै देखासिकीमा गाउँका युवाले सानालेखमा तरकारी फलाऊँ अभियान चलाएर आफैँ स्वावलम्बी बनेर गाउँको मुहार नै फेर्न सफल भए ।

थापाले दुई वर्षअघि रहरैरहरले शुरु गरेको बेमौसमी तरकारी खेतीले अहिले उनलाई व्यावसायिक मात्रै बनाएन सरल स्वभावका पौरखी ‘अर्गानिक’ कृषकको परिचय पनि दियो । थापाले सानालेखको आफ्नो घर नजिकै रहेको सात रोपनी बारीमा विभिन्न थरिका बेमौसमी तरकारी खेती गरेका छन् ।

अठार वर्ष विदेशमा बसेर आफैँ पनि प्रशस्त पैसा कमाएका थापाले दुई वर्षअघि रहरैरहरमा गरेको तरकारी खेतीबाट अहिले वार्षिक रु तीन लाखभन्दा बढी कमाइ गर्दै आएका छन् । उनको बारीमा अहिले काउली, बन्दा, खुर्सानी, धनियाँ, गोलभेँडा, रायो सागलगायतका बेमौसमी तरकारी लटरम्मै फलेका छन् ।

“मैले दुई वर्षअघि तीन रोपनी जग्गामा बेमौसमी तरकारी खेती शुरु गरेको हुँ”, थापाले भने, “अरुको देखेर रहरैरहरले शुरु गरेको तरकारी खेतीले अहिले मलाई व्यावसायिक बनायो, आम्दानी पनि राम्रै हुन थालेको छ ।” थापालाई अहिले तरकारी खेतीबाट भएको आम्दानीमा नै रस बस्न थालेको छ । थापाकै देखासिकी गरेर गाउँका १० युवाले पनि व्यावसायिक तरकारी खेतीको शुरुआत गरेका छन् । थापालाई यसैमा आत्मसन्तुष्टि मिलेको छ । थापा भन्छन्, “मैले गरेको बेमौसमी तरकारी खेती देखेर गाउँका अरु भाइहरुले पनि शुरु गरेका छन् । उनीहरुले पनि राम्रो कमाइ गरिरहेका छन् । मलाई सबैभन्दा धेरै खुशी यसैमा लागेको छ ।”

दुई वर्ष अघिसम्म करेला, स्कुस, सिमीलगायतका परम्परागत रैथाने तरकारीबाहेक अरु तरकारी खान मनलागे बजारबाट किनेर ल्याउनुपर्ने बाध्यतामा रहेका सानालेखवासीका बारीमा अहिले विभिन्न किसिमका बेमौसमी तरकारी लटरम्मै झुलेका छन् ।

स्थानीय हरिप्रसाद शर्मा भन्छन्, “अहिले त गाउँको रौनक नै फेरिएको छ, रहरैरहरमा ध्रुवजीले गरेको तरकारी खेतीले गाउँलेलाई गर्न जानेपछि हुँदो रैछ त भन्ने बनाएको छ । अहिले हाम्रो गाउँ बेमौसमी तरकारी खेतीको ‘हब’ नै बनेको छ ।”

सानालेखका हरि शर्मा, महेन्द्र थापा, नारायण शर्मालगायतका १० युवाले अहिले व्यावसायिक तरकारी खेती शुरु गरेका छन् । उनीहरुले तरकारी बेचेर एक सिजनमा रु दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । रासस

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ९ : ०२ बजे

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव