१० बैशाख २०८३, बिहिबार | April 23, 2026

चन्द्र सतहको ढुंगामाटोसहित चिनियाँ ‘चाङ ई–५’ अन्तरिक्ष यानको पृथ्वीमा सफल अवतरण



आफ्नै अन्तरिक्ष अभियानमा नयाँ रेकर्ड कायम गर्दै चीनको चन्द्र यान चाङ ई–५ चन्द्रमाको सतहबाट ढुंगामाटो बोकेर पृथ्वीमा अवतरण गरेको छ । यससँगै विज्ञान र प्रविधिको क्षेत्रमा चीनलाई अर्को सफलता हासिल भएको छ । सँगसँगै विज्ञान प्रविधिको दौडमा अमेरिकालाई पछि पार्दै गएको चीनका लागि अन्तरिक्ष शक्तिमा पहुँच बढाउन समेत सफलता मिलेको छ ।

अमेरिकाको अपोलो र तत्कालिन सोवियत संघको लुना चन्द्र अभियानपछि कुनै पनि देशले चन्द्रमाको सतहबाट नमुना संकलन गरेर पृथ्वीमा अवतरण गरेको पहिलो घटना हो ।

चाङ ई–५ ले ल्याएको चन्द्र सतहको नमुना अध्ययनबाट पृथ्वीको उपग्रह सतह एवं त्यसको विगतबारे नयाँ जानकारी हासिल हुने अपेक्षा गरिएको छ ।

चाङ ई–५ स्थानीय समयअनुसार बिहीबार राति करिब डेढ बजे मंगोलियाको भित्री इलाकामा अवतरण गरेको थियो । अन्तरिक्ष अभियानमा लगातार आफ्नो क्षमता बढाउँदै लगेको चीनका लागि यो मिशन निकै ठूलो उपलब्धी मानिएको छ । पछिल्लो सात वर्षमा चाङ ई–५ मिशन चीनको तेस्रो सफल चन्द्र अभियान हो ।

यसअघि अमेरिकी अपोलो अन्तरिक्षयानबाट चन्द्रमामा पुगेका अन्तरिक्षयात्री एवं सोभियत संघको रोबोटिक लुना मिशनले चन्द्रमाको सतहबाट चारसय किलोग्राम ढुंगामाटो पृथ्वीमा ल्याएका थिए । चन्द्रमाबाट ल्याइएका ती नमुना करिब ३ अर्ब वर्ष पुरानो रहेको वैज्ञानिकहरुले निस्कर्ष निकालेका थिए ।

चाङ ई–५ मिशन
चाङ ई–५को गत २४ नोभेम्बर अर्थात मंसिर ९ गते अर्थात दक्षिण चीनमा रहेको वेनचाङ स्टेशनस्थित अन्तरिक्ष यानबाट प्रक्षेपण गरिएको थियो ।

पहिला यो मिशन चन्द्रमामाथि पुगेको थियो । त्यसपछि चन्द्र कक्षमा आफुलाई स्थापित गरेर चन्द्रमाको परिक्रमा गर्न गरेको थियो । त्यसपछि यो यान योजना अनुसार दुई टुक्रामा विभाजन भएको थियो । सर्भिस भेहिकल र रिटर्न मोड्युअल चन्द्रमाको कक्षमै रहेको थियो भने मुन ल्याण्डर विस्तारै विस्तारै चन्द्रमाको सतहतर्फ अघि बढेको थियो ।

८.३ टन वजनको यो यानले मंसिर १६ गते अर्थात डिसेम्बर १ तारिकका दिन चन्द्र सतहमा निर्धारित स्थानको नजिकै सफ्ट ल्याण्डिङ गरेको थियो ।

यो मिशन ‘मान्स रुमकेर’मा उत्रिएको थियो जो चन्द्रमाको ज्वालामुखीयुक्त पहाड नजिकै रहेको थियो ।

अवतरणको केही दिनपछि नै चाङ ई–५ ले चन्द्रमाबाट पहिलो रंगीन तस्विर पठाउन सुरु गरेको थियो । यो यानले चन्द्रमाको सतहमा अडिएको आफ्नो खुट्टादेखि क्षितिजसम्मको तस्विर पठाएको थियो ।

चन्द्रमाको सतहको माटो ढुंगा संकलन गर्नका लागि चाङ ई–५ ल्याण्डरमा क्यामेरा, राडार, ड्रिल मेशिन र स्पेक्ट्रोमीटर फिट गरिएको थियो ।
यो ल्याण्डरले करिब २ किलो तौलको सामग्री संकलन गर्न सक्दथ्यो । नमुना संकलनको काम सकिएपछि चाङ ई–५ ले अर्बिटिक मिशनसम्म पुर्याएको थियो ।

चाङ ई–५ भन्दा पहिले चीनले चन्द्रमामै अन्य दुई यान पठाइसकेको थियो । सन २०१३ मा पठाइएको चाङ ई–३ र २०१९ मा चाङ ई–४ मिशन पनि सफल भएका थिए ।

मान्स रुमकेरबाट ल्याइएको चन्द्र सतहको नमुनाको उमेर १.२ देखि १.३ अर्ब वर्ष पहिलेको मानिएको छ । अर्थात चाङ ई–५ले ल्याएका चन्द्रमाका नमुना वैज्ञानिकहरुका लागि नयाँ अध्ययनको विषय बन्नेछन् । यसबाट चन्द्रमाको भूवैज्ञानिक इतिहासबारे धेरै जानकारी प्राप्त हुन सक्ने वैज्ञानिकहरुले अपेक्षा गरेका छन् ।

यस नमुनाको मद्दतबाट वैज्ञानिकहरुले सटिक रूपले क्रोनोमिट तयार गर्न मद्दत मिल्नेछ जसबाट सौर्यमण्डलका ग्रहहरुको सतहको उमेर पत्ता लगाउन सहयोग पुग्नेछ । यो कुनै पनि ग्रह या उपग्रहमा रहेका ज्वालामुखीको संख्यामा निर्भर हुन्छ ।

वैज्ञानिकहरुका अनुसार जुन ग्रहको सतहमा धेरै ज्वालामुखी हुन्छ ती ग्रह धेरै पुराना हुन्छन् । यसका लागि वैज्ञानिकहरुले ज्वालामुखीको क्रेटरको संख्यालाई गन्ने गर्छन् । यद्यपी यसको विश्लेषण गर्न अलग अलग स्थानको अध्ययन गर्न जरुरी हुन्छ ।

अपोलो र लूना मिशनबाट पठाएको नमुनबाट क्रोनोमिटर तयार गर्न वैज्ञानिकहरुलाई निकै मद्दत मिलेको थियो ।

अब चाङ ई–५ मिशनले ल्याएको नमुनाबाट उनीहरुलार्य अझ सटिक विश्लेषण गर्न मद्दत मिल्नेछ ।

 

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ९ : ४७ बजे

पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा स्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय

खोटाङको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

खोटाङ । यहाँको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौं

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम । विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा

वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आवको नौ महिनामा रु