२० माघ २०८२, मंगलबार | February 3, 2026

द ब्रिटिस कलेजले गर्यो अनलाइन भर्चुअल ग्राजुयसन कार्यक्रम



काठमाडौँ । द ब्रिटिस कलेजले अनलाइन भर्चुअल ग्राजुयसन कार्यक्रम सम्पन्न गरेको छ ।
कलेजले सोमबार पहिलोपटक अनलाइनबाट भर्चुल ग्राजुयसन कार्यक्रम सम्पन्न गरेको हो । कलेजका ४४० जना विद्यार्थीहरु ग्रायजुएट भएका छन्, जसमा बिएस्सी आइटीका २५९ जना, बिबिएका ६७ जना, एमबिएका ५९ जना, इएमबिएका २१ जना, एमआइबिएमका १५ जना र एमएस्सीआइटीका १९ जना रहेका छन् ।

ग्राजुयसन कार्यक्रममा अतिथि, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो । ग्राजुयसन कार्यक्रममा टिबिसीका सिइओ राजन कडेँलको सम्बोधन गरेका थिए । त्यस्तै अन्तरिम प्रिन्सिपल प्रोफेसर मेरी बिसफले समारोहलाई सम्बोधन गरेकी थिइन् ।

कार्यक्रममा विशेष अतिथिहरुले पठाएको भिडियो सन्देश प्रस्तुत गरिएको थियो । सल्लाहकार बोर्डका सदस्यहरु जोन इडवार्ड होलिस्टर मोन्टागु, ११ औँ अल अफ स्याण्डविच र माइकल रुटल्याडको सन्देश प्रस्तुत गरिएएको थियो ।

त्यस्तै टिबिसीका पार्टनर विश्वविद्यालय लिड्स बेक्केट र द युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्डका विशेष प्रतिनिधिहरुको सन्देश प्रस्तुत गरिएको थियो । विशेष अतिथिहरुको सम्बोधनपछि अवार्ड कार्यक्रम सूरु भएको थियो । साथै फ्याकल्टी तथा डिपार्टमेन्टका प्रमुख र उपप्रमुखले ग्राजुयटहरुको नाम घोषणा गरेका थिए ।  कोरोना महामारीकाबीच पनि कलेजले आफ्ना विद्यार्थीहरुलाई अत्याधुनिक अनलाईन प्लेटफर्म उपलब्ध गराइरहेको छ ।

विद्यार्थीहरुको गुणस्तीय पढाईमा कुनै पनि प्रभाव नदिन कलेजले कडा मेहनत गरिरहेको छ । छैटौँ दिक्षान्त समारोहसम्म आइपुग्दा कलेजले चुनौतीलाई पार गर्दै विद्यार्थीहरुले सुरक्षित रुपमा यो खुसीयाली मनाउने वातावरण समेत बनाउन सफल भएको कलेजले जनाएको छ ।
द ब्रिटिस कलेजको विज्ञ टोली फ्याकल्टीहरुसँग मिलेर ग्रयाजुटहरुका लागि अविस्मरणिय क्षण बनाउन काम गरेको कलेजले जनाएको छ । उक्त कार्यक्रम एक्श्रे टेलिभिजनसहित युट्युब, द भिजिसी कलेज वेवसाइट र अन्य सोसियल मिडिया पेज इन्टाग्राम र फेसबुकबाट प्रिमियर गरिएको थियो ।

उक्त कार्यक्रमका दौरान विद्यार्थीहरुलाई टिबिसीमा अध्ययन गर्दाको अनुभव शेयर गरेका थिए । कलेजले ग्राजुयट भएका सबै विद्यार्थीहरुलाई शुभकामना समेत दिएको छ ।
यो महामारीबीच पनि विभिन्न चुनौतीलाई पार गर्दै यो कार्यक्रम सम्पन्न गर्न पाउँदा टिबिसीले गौरवान्धित महसुस गरेको जनाएको छ । यो कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति कलेजले धन्यवाद दिएको छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  १२ : २६ बजे

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि

निर्वाचन आउन ३० दिन बाँकी : मतदाता नामावलीमा नाम नभएका पनि उम्मेदवार !

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको