४ बैशाख २०८१, मंगलबार | April 17, 2024

द ब्रिटिस कलेजले गर्यो अनलाइन भर्चुअल ग्राजुयसन कार्यक्रम



काठमाडौँ । द ब्रिटिस कलेजले अनलाइन भर्चुअल ग्राजुयसन कार्यक्रम सम्पन्न गरेको छ ।
कलेजले सोमबार पहिलोपटक अनलाइनबाट भर्चुल ग्राजुयसन कार्यक्रम सम्पन्न गरेको हो । कलेजका ४४० जना विद्यार्थीहरु ग्रायजुएट भएका छन्, जसमा बिएस्सी आइटीका २५९ जना, बिबिएका ६७ जना, एमबिएका ५९ जना, इएमबिएका २१ जना, एमआइबिएमका १५ जना र एमएस्सीआइटीका १९ जना रहेका छन् ।

ग्राजुयसन कार्यक्रममा अतिथि, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो । ग्राजुयसन कार्यक्रममा टिबिसीका सिइओ राजन कडेँलको सम्बोधन गरेका थिए । त्यस्तै अन्तरिम प्रिन्सिपल प्रोफेसर मेरी बिसफले समारोहलाई सम्बोधन गरेकी थिइन् ।

कार्यक्रममा विशेष अतिथिहरुले पठाएको भिडियो सन्देश प्रस्तुत गरिएको थियो । सल्लाहकार बोर्डका सदस्यहरु जोन इडवार्ड होलिस्टर मोन्टागु, ११ औँ अल अफ स्याण्डविच र माइकल रुटल्याडको सन्देश प्रस्तुत गरिएएको थियो ।

त्यस्तै टिबिसीका पार्टनर विश्वविद्यालय लिड्स बेक्केट र द युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्डका विशेष प्रतिनिधिहरुको सन्देश प्रस्तुत गरिएको थियो । विशेष अतिथिहरुको सम्बोधनपछि अवार्ड कार्यक्रम सूरु भएको थियो । साथै फ्याकल्टी तथा डिपार्टमेन्टका प्रमुख र उपप्रमुखले ग्राजुयटहरुको नाम घोषणा गरेका थिए ।  कोरोना महामारीकाबीच पनि कलेजले आफ्ना विद्यार्थीहरुलाई अत्याधुनिक अनलाईन प्लेटफर्म उपलब्ध गराइरहेको छ ।

विद्यार्थीहरुको गुणस्तीय पढाईमा कुनै पनि प्रभाव नदिन कलेजले कडा मेहनत गरिरहेको छ । छैटौँ दिक्षान्त समारोहसम्म आइपुग्दा कलेजले चुनौतीलाई पार गर्दै विद्यार्थीहरुले सुरक्षित रुपमा यो खुसीयाली मनाउने वातावरण समेत बनाउन सफल भएको कलेजले जनाएको छ ।
द ब्रिटिस कलेजको विज्ञ टोली फ्याकल्टीहरुसँग मिलेर ग्रयाजुटहरुका लागि अविस्मरणिय क्षण बनाउन काम गरेको कलेजले जनाएको छ । उक्त कार्यक्रम एक्श्रे टेलिभिजनसहित युट्युब, द भिजिसी कलेज वेवसाइट र अन्य सोसियल मिडिया पेज इन्टाग्राम र फेसबुकबाट प्रिमियर गरिएको थियो ।

उक्त कार्यक्रमका दौरान विद्यार्थीहरुलाई टिबिसीमा अध्ययन गर्दाको अनुभव शेयर गरेका थिए । कलेजले ग्राजुयट भएका सबै विद्यार्थीहरुलाई शुभकामना समेत दिएको छ ।
यो महामारीबीच पनि विभिन्न चुनौतीलाई पार गर्दै यो कार्यक्रम सम्पन्न गर्न पाउँदा टिबिसीले गौरवान्धित महसुस गरेको जनाएको छ । यो कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति कलेजले धन्यवाद दिएको छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  १२ : २६ बजे

जिएमई रेमिटबाट पैसा पठाउँदा पठाए पटक क्यास ब्याक

काठमाडौं । रोमानियाबाट जिएमइ रेमिट प्रा.लि मार्फत नेपालमा पैसा पठाउँदा

आम्दा अस्पताल ३०० शैयामा स्तर बृद्धि, अव पाठेघरको क्यान्सरको उपचार आम्दाबाटै

बुटवल । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले आम्दा अस्पतालको स्तरउन्नतिका

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई

बुटवलको कालिकानगरमा बेष्ट ईस्टिच्युट संचालन

बुटवल । बुटवलको कालिकानगरमा बेष्ट इस्टिच्युटले नेपालमै केही गरौ भन्ने

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै प्रस्ताव अस्वीकार, दुई दिनभित्र फेरी दाबी गर्न आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि