४ पुस २०८२, शुक्रबार | December 20, 2025

आजको मौसम : गण्डकी र बागमती प्रदेशसंगै पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली, चिसो बढ्दो



काठमाडौं । हाल देशभरको मौसममा प्रभाव पार्ने कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको विकास भएको देखिंदैन । आंशिकरुपमा पश्चिमी प्रणालीको प्रभावले तापक्रममा गिरावट आइ देशभर चिसो बढेको छ ।

काठमाडौंं उपत्यकाको आज विहान ६ बजेको बायुको तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम २ डिग्री सेल्सियस हुनेछ भने अधिकतम तापक्रम १८ डिग्री सेल्सियससम्म पुग्नेछ ।

हाल नेपालको पश्चिमी तराइ भू-भागका अधिकांश स्थानहरुमा विहानीपख वाक्लो हुस्सु कुहिरो लागेको छ । तराईकै बाँकी भू-भागका केही स्थानहरुमा हल्का हुस्सु लागिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश न १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ ।

देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । त्यसैगरी आज राती प्रदेश नं १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिक बदली रहने सम्भावना छ ।

देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ६ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको