२६ बैशाख २०८३, शनिबार | May 10, 2026

चिनी मिलकै कारण जोगी भए उखु किसान



काठमाडौं । ‘काम गर्ने दाहिने हातमा स्टिलको पातो हालेदेखि मैले खेतीकिसानी मात्र होइन गृहस्थ जीवन नै त्यागेँ ।

अन्य व्यक्ति किन जोगी हुन्छन्, त्यत्ति थाहा भएन तर म चाहिँ खेती गरेर खाने हातका लागि धेरै खर्च र दैनिकी धान्न नसकेर बिरक्तिएँ ।’ माइतीघरमा धर्ना दिइरहेका उखु खेतीले बिचल्लीमा परेका किसान आन्दोलनमा ऐक्यबद्धता जनाइरहेका सर्लाही, सिसौटिया-११ का रामानन्द यादवको अनुभूति हो यो ।

उनि ठिही नधान्ने गेरु वस्त्र, मागी खाने भाँडा र लौरोसहित किसानको त्यो आन्दोलनमा हरेक दिन सहभागी छन् । गुलियो रस आउने नगदे बाली भनिने उखु रोपेर नुनिलो आँसु रोइरहेका किसानबीच एकजना गेरु वस्त्रमा सहभागी भेटिएपछि उनका बारेमा जान्ने उत्सुकता जाग्यो ।

संसारप्रतिको मोह त्यागेर घुमी हिँड्ने जोगीको प्रवृत्तिभन्दा फरक यादव किसान आन्दोलनमा देखेर उनिसँग जिज्ञासा जिज्ञासा राख्दा उनले आफू जोगी हुनुपरेको कारण खोले । त्यसपछि उनले उखु खेतीका कारण आफू जोगी हुनुपरेको विवरण सुनाउन थाले । गत वर्ष माइतीघरमै धेरै दिन चलेको उखु किसानको आन्दोलनमा सहभागी भएर घर फर्किने क्रममा घाइते भए ।

उखुको ३३ हजार रुपियाँ बक्यौता लिन सर्लाहीदेखि राजधानीको माइतीघरसम्म सास्ती बेहोरेर सरकार र चिनी मिल साहूको आश्वासन लिएर घर जाँदा बाटामै दुर्घनामा परेपछि घरको सट्टा वीर अस्पतालको ट्रमा सेन्टर फर्किनुपर्‍यो ।

डाक्टरले उनको दाहिने पाखुरामा स्टिलको पाता राखेर उपचार गर्दाको खर्च साढे दुई लाख रुपियाँ लाग्यो । नाजुक आर्थिक अवस्थाका कारण उखुको पैसा पाउन आन्दोलनका लागि घरबाट निस्कन पनि चर्को ब्याजमा ऋण लिनुपर्‍यो ।

चिनी मिलका साहूले २०७१ सालदेखिकै पैसा नदिएर दुःख दिएको छ । हातको उपचार गर्न घरको सारा सामान बिक्री गर्नुपरेको बताए । ‘स्टिल राखेको हातले काम गर्न सक्दिनँ, झिक्नका लागि पैसा छैन । मेरो विवाह पनि भएको छैन । उखु खेतीले मलाई जोगी बनायो’’, यादव भन्छन् । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ७ : ११ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु