२३ बैशाख २०८१, आइतबार | May 5, 2024

कञ्चनपुरको बेलौरीमा एक हप्तासम्म निषेधाज्ञा जारी



कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले एक हप्तासम्मका लागि नगर क्षेत्र भित्र निषेधाज्ञा जारी गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको स्थितिलाई मध्यनजर गर्दै बेलौरीमा संक्रमण थप फैलिन नदिन र भिडभाड न्यूनीकरण गर्न पुस ५ गते आइतबार देखि पुस ११ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बेलौरी नगरपालिकाले जनाएको छ ।

शनिबार दिउँसो बसेको बेलौरी नगर कार्यपालिकाको बैठकले बेलौरी नगर क्षेत्र भित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्था, वित्तिय संस्था, शिक्षण संस्था, व्यापारिक व्यवसाय, सीमा नाका र सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । औषधालय, आयल स्टोर तथा उखु किसानका उखु ढुवानी साधन भने खुला रहने बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीद्वारा जारी सूचना पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १० : २१ बजे

जनता समाजवादी पार्टी फुट्यो

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले