१६ श्रावण २०८३, शनिबार | August 1, 2026

अक्सफोर्ड मा विले बुकलेश कक्षा संचालन गर्ने, स्वास्थ्य मापदण्ड पालना गरि परीक्षा संचालन



बुटवल । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड ईङ्गलिस माध्यमिक विद्यालयले संचालन गरेको अनलाईन कक्षा र त्यसपछि लिएको अनलाईन परीक्षा सफल भएको जनाएको छ ।

गएको बैशाख महिनादेखिनै जुम एम्सबाट अध्यापन गराउदै आएको अक्सफोर्डले अब्जेक्टीभ र सब्जेभ्टिभ दुबै माध्यमबाट लिएका परीक्षाहरु सफल भएको जनाएको हो ।

विद्यालयका प्रिन्सिपल दिनेश भुषालले संचारकर्मीसँग कुरागर्दै अनलाईन माध्यमबाट शुरु भएका कक्षाहरु पुर्ण रुपमा सफल भएको बताए । उनले अनलाईन कक्षा र त्यसपछि असोज अन्तिममा भएका प्रथम त्रयमासिक परीक्षामा ९० प्रतिशत भन्दाबढी विद्यार्थी सहभागि भएको उल्लेख गर्दै अनलाईन परीक्षामा पनि फिजिकल जस्तै विद्यार्थीहरु सहभागि भएको बताए ।

यसैबीच अक्सफोर्ड माध्यमिक विद्यालयले आईतबारदेखि फिजिकल रुपमा अर्धबार्षिक परीक्षा शुरु गरेको छ । वर्तमान परिस्थीतिलाई मध्यनजरगर्दै विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरि परीक्षा संचालन गरेको हो । दुई कक्षादेखि दश कक्षासम्मका विद्यार्थीहरु सहभागि भएको परीक्षामा ९७ प्रतिशत विद्यार्थीहरु परीक्षामा सहभागि भएको प्रिन्सिपल भुषालले जानकारी दिए ।

उनले कोरोना कहरले शिक्षा क्षेत्रमा सुचना र प्रविधिको अधिकतम प्रयोग गर्ने अवसर विद्यार्थीले पाएको उल्लेख गर्दै नयाँ एप्स र सफ्टवेयरबाट विद्यालयका केही विषय बुकलेश बनाउने अभियानमा अक्सफोर्डले रहेको जानकारी दिए ।

अक्सफोर्डले अहिले कक्षा नर्सरीदेखि अनलाईन र कक्षा ६ देखि फिजिकल रुपमा कक्षाहरु संचालन गर्दै आएको सहायक प्रिन्सिपल मोहन क्षेत्रीले जानकारी दिए । क्रमश प्राथमिक तहदेखिनै फिजिकल रुपमै कक्षा संचालन गर्ने विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ७ : ३७ बजे

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष