१६ बैशाख २०८१, आइतबार | April 28, 2024

कम्युनिष्ट एक हुनुको विकल्प छैन : नेता महरा



तुलसीपुर । पूर्वसभामुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महराले कम्युनिष्ट पार्टीहरु एक हुनुको विकल्प नभएको बताएका छन् । कम्युनिष्ट पार्टीका दाङ जिल्लाका संस्थापक सदस्य मणिकलाल गौतमको १३ औँ दिनको पुण्यतिथिमा आज घोराहीमा आयोजित श्रद्धाञ्जलिसभामा उनले पार्टीमा देखिएको समस्यालाई छलफलबाट हल गर्नुपर्ने बताए।

अहिले पार्टीभित्रको समस्या बहसकै अवस्थामा रहेको भन्दै उहाँले स्वस्थ राजनीतिक बहस भएमा यसले मुलुकमा नयाँ निकास दिने बताए । “अहिले पार्टी विभाजनको स्थितिमा पुगेको छ तर पार्टी एक हुनुको विकल्प छैन”, नेता महराले भने ।

उनले वामपन्थी एकता, राष्ट्रिय एकता, आदर्श र सिद्धान्तमा अडिग हुनुपर्ने बताए । ठूलो सङ्घर्षबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्नेसमेत उनको भनाइ छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ९ : २९ बजे

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई