२० बैशाख २०८३, आइतबार | May 3, 2026

लागुऔषध नियन्त्रणमा बागमती प्रदेश प्रहरी



हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेशका सबै जिल्लामा लागुऔषधसम्बन्धी सबै प्रतिबन्धित कारोबारलाई निरुत्साहित पार्ने गरी काम अघि बढाएको छ ।

प्रहरीले विभिन्न जिल्लामा प्रतिबन्धित लागुऔषध गाँजाखेती नष्ट गर्ने र लागुऔषधको ओसारपसारलाई नियन्त्रण गर्ने गरी विविध क्रियाकलापमार्फत कार्य सञ्चालन गरेको हो ।

कार्यअन्तर्गत विभिन्न जिल्लामा लगाइएको प्रतिबन्धित गाँजाखेती नष्ट गर्नुका साथै लागुऔषधको ओसारपसार नियन्त्रणमा अन्य काम गरिएको बागमती प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक वसन्त कुमार लामाले जानकारी दिए ।

बागमती प्रदेशभित्र पर्ने मकवानपुर, चितवन, सिन्धुली, धादिङलगायतका जिल्लामा अवैध लागुऔषध गाँजाखेती हुने र पूर्वपश्चिम राजमार्गको धादिङ, चितवन र मकवानपुर ओसारपसार गर्ने मार्ग रहेको हुँदा लागुऔषधको गैरकानूनी खेती र ओसारपसारलाई नियन्त्रण गर्ने उद्देश्यले कारबाही अभियान सञ्चालन गरिएको हो ।

कार्यालयका अनुसार विभिन्न मितिमा गरी पुस महिनाको हालसम्मको अवधिमा ३ सय ७१ बिघा ५६ कठ्ठा २७ धुर जग्गा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीले जनाकारी दिइन् । यस अभियानलाई प्रभावकारी बनाउन प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा गरी ४ सय २८ प्रहरी कर्मचारी परिचालित गरिएको थियो ।

मकवानपुरमा मात्रै पुस महिनामा २ सय ३५ बिघा पाँच कठ्ठा पाँच धुरमा लगाइएको गाँजाखेती नष्ट गरिएको छ भने चितवनमा ५० बिघा, सिन्धुलीमा ६३ बिघा २५ कठ्ठा १० धुर र धादिङमा २१ बिघा आठ कठ्ठा गरी मंसिरमा मात्रै ३ सय ७१ बिघामा लगाइएको गाँजाखेती नष्ट गरिएको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिकाअन्तर्गतका वडा नम्बर ८ र ९ मा मंसिर २१ देखि २३ गतेसम्म सञ्चालन गरिएको गाँजा फडानीअन्तर्गत २ सय २३ बिघामा लगाइएको गाँजाखेती नष्ट गरिएको उनले बताए ।

मंसिर महिनालाई लागुऔषधविरुद्धको कारबाही अभियानको रूपमा सञ्चालन गर्ने क्रममा गाँजा ९६ केजी, लागुऔषध चरेस ५० केजी बरामद भएको छ । त्यस्तै औषधिजन्य लागुऔषधअन्तर्गत डाइजेपाम ७५ एम्पुल, फेनार्गन ७२ एम्पुल, नुर्फिन ७५ एम्पुल, नाइट्रोभेट एक हजार २०० ट्याब्लेट, नाइट्रेजेपाम ४५ ट्याब्लेटलगायतका लागुऔषध बरामद गरिएको छ ।

मंसिर महिनाभित्र लागुऔषध ओसारपसार गर्ने २० व्यक्तिलाई समेत पक्राउ गरिएको छ भने फरार चार जनाको खोजतलास भइरहेको छ । लागुऔषध ओसारपसार संलग्न छ वटा सवारी साधनसमेत नियन्त्रणमा लिइएको प्रहरी वरिष्ठ उपरीक्षक चौधरीले जानकारी दिए ।

यस प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा अवैधरूपमा लगाइएको गाँजा, अफिमखेती नष्ट गर्ने काम अझैसम्म सम्पन्न नभइसकेकाले लागुऔषधको अवैध खेती नष्ट गर्ने अभियानलाई पुस महिनामा पनि निरन्तरता दिने काम भइरहेको छ । रासस

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  १० : २२ बजे

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज

हुम्लामा वडा सदस्य भरुवा बन्दुकसहित पक्राउ

हुम्ला । खार्पुनाथ गाउँपालिका-४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

विभिन्न अध्यादेश जारी भएसँगै पदमुक्त हुँदै १ हजार ५९४ पदाधिकारी, को को परे ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ