१६ श्रावण २०८३, शनिबार | August 1, 2026

मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङको नेतृत्व संसद विघटनको विपक्षमा



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं साबिक नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलको गृह जिल्ला दाङ नेकपा संसद विघटनको बिपक्षमा उभिएको छ । दाङ जिल्ला कमिटीको नेतृत्वले सर्वसम्मत प्रतिनिधि सभा विघटन गर्ने कदमको भत्र्सना गरेको छ ।

नेकपा दाङको पार्टी जिल्ला नेतृत्वले एक मतका साथ प्रधानमन्त्री केपी शर्मा ओलीमा दक्षिणपन्थी विचलन आएको र प्रतिक्रियावादी शक्तिबाट परिचालित भएको आरोप लगाएको छ । नेकपा दाङ इन्चार्ज जीवन गौतम, जिल्ला अध्यक्ष टिकाराम खड्का र सचिव तुल्सीराम पुनले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलनमाथि गद्दारी गरेको भन्दै यसविरुद्ध एकजुट हुन र पार्टी एकताबाट विचलित नहुन कार्यकर्तालाई अपील गरेका छन् ।

पार्टीमा बहुमत पु-याउने उद्देश्यका साथ अल्पमत केन्द्रीय सदस्यको बैठकले केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै दाङ नेकपाका जिल्ला अध्यक्ष टिकाराम खड्काले केन्द्रीय सदस्य पद अस्विकार समेत गरेका छन् । पार्टी फुटाउने कुत्सित उद्देश्यले अल्पमत सदस्यहरुको बैठक बसेर आफूखुशी केन्द्रीय सदस्य मनोनित गरिएको भन्दै उनले उक्त पद अस्वीकार गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीका बिश्वास पात्रकारुपमा रहेका शंकर पोखरेलको गृह जिल्लाबाट आएको यस्तो बिज्ञप्तिले ओली समूहलाई धक्का लागेको छ । जनसंगठनका आधारमा यसै पनि पोखरेल दाङमा कमजोर मानिन्छन् । पूर्व माओबादीको बलमा गत निर्वाचनमा पोखरेलले दाङबाट प्रदेशसभामा जितेका थिए ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  १२ : ५४ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित