१ पुस २०८२, मंगलबार | December 17, 2025

प्रतिनिधिसभा विघटनको निर्णयमा सर्वोच्चद्वारा सरकारको नाममा कारण देखाऊ आदेश



काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनको विषयमा कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजबाट सुरु भएको प्रारम्भिक बहसपछि प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरासहितको पाँच सदस्यीय इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

संवधानिक इजलाशले संसद विघटनसम्बन्धी मन्त्रिपरिषले गरेको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका र संसदसँग सम्बन्धित अन्य आवश्यक कागजात पेश गर्ने पनि आदेश दिइएको छ । सर्वोच्चले संसदमा रहेका दलहरुसँग कति जना सांसद छन् भन्ने जानकारी पनि माग गरेको छ ।

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धमा परेका एक दर्जन निवेदनहरुको सुनुवाइ सुरु भएको हो ।

सर्वोच्च अदालतले शुक्रबार बिहान प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको थियो ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  २ : १५ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष