१ कार्तिक २०८३, शनिबार | October 17, 2026

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै



काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस आज देशभर धान रोपाइँ, दही-चिउरा खाने परम्परा र विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाइँदै छ । कृषिप्रधान नेपालको मौलिक संस्कृति झल्काउने यस दिन किसानहरू खेतमा धान रोप्दै असारे भाका गाउँछन् भने सर्वसाधारणले पनि दही-चिउरा खाएर पर्व मनाउने परम्परा निर्वाह गर्छन् ।

असार १५ लाई नेपाली समाजमा दही-चिउरा खाने पर्वका रूपमा समेत लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा तथा व्यवसायमा आबद्ध नेपालीहरूले पनि आज दही-चिउरा खाएर पर्व मनाउने गरेका छन् । परम्पराअनुसार खेतमा काम गरी थकित भएका किसानले शरीरमा शक्ति सञ्चय र शीतलता प्राप्त हुने विश्वासका साथ दही-चिउरा खाने चलन रहिआएको छ ।

नेपाली संस्कृतिमा दहीलाई शुभताको प्रतीक मानिन्छ । शुभकार्यका लागि घरबाट निस्कँदा, विदेश यात्रा गर्दा वा अन्य महत्वपूर्ण काममा जाँदा दही-अक्षता लगाउने तथा सगुनका रूपमा दही खुवाएर बिदाइ गर्ने परम्परा अझै पनि कायम छ। दही खाएर यात्रा सुरु गरे साइत पर्ने जनविश्वाससमेत रहिआएको छ ।

वैज्ञानिक दृष्टिले पनि दही स्वास्थ्यका लागि लाभदायक मानिन्छ। यसले पाचन शक्ति बढाउने, शरीरलाई आवश्यक पोषण दिने तथा पखाला लागेका बेला औषधिसरह काम गर्ने विश्वास गरिन्छ । आयुर्वेदमा पनि भोजनपछि दहीबाट बनाइएको मोही पिउनु स्वास्थ्यका लागि लाभदायक हुने उल्लेख गरिएको छ ।

इतिहासअनुसार विसं २०६१ मङ्सिर २९ गतेको मन्त्रीस्तरीय निर्णयपछि २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो । कृषिप्रधान मुलुक भएकाले अधिकांश नेपालीको जीविकोपार्जन खेतीपातीमा निर्भर छ, र असार महिना धान रोपाइँका लागि सबैभन्दा व्यस्त समय मानिन्छ ।

यस दिन किसानहरू हिलोमा धान रोप्दै असारे भाका गाउने, हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने तथा सामूहिक रूपमा रोपाइँ सम्पन्न गर्ने परम्परा छ। “छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला” जस्ता लोकभाकाले खेतबारी गुन्जायमान हुने गर्छ ।

तर यस वर्ष असारको मध्यसम्म पनि देशभर पर्याप्त वर्षा हुन नसकेकाले अपेक्षाअनुसार धान रोपाइँ हुन सकेको छैन । कतिपय किसानले रासायनिक मलको अभाव भएको गुनासो गरेका छन् । यद्यपि कृषि, वन तथा वातावरण मन्त्रालयले भने आवश्यक परिमाणमा रासायनिक मल मौज्दात रहेको जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ७ : १५ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ