१ असार २०८३, सोमबार | June 15, 2026

भेरी अस्पतालको कोरोना विशेष वार्डको बेड संख्या १ सय ६२ पुग्यो, आज थपियो ९० सुबिधा सम्पन्न बेड



नेपालगन्ज । बाँके स्थित भेरी अस्पतालको कोरोना वार्डमा वेड संख्या १ सय ६२ पुगेको छ । आज ९० शैयाको कोरोना विशेष वार्ड सन्चालनमा आएपछि भेरी अस्पतालमा कोरोना बिरामीहरका लागि बेडको संख्या १ सय ६२ पुगेको हो ।

कोरोना भाइरसका बिरामीहरुको उपचारकालागि भेरी अस्पतालमा थप ९० शैयाको वार्ड आजबाट संचालनम आएको छ । खजुरा स्थित क्यान्सर अस्पतालको आइसोलेसन बन्द गरेर भेरी अस्पतालमा ७२ शैयाको कोरोना वार्डको व्षस्थापन गरि संचालन हुँदै आएको थियो ।

थपिएको ९० बेड सहितको कोरोना वार्डको शुक्रबार जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले उद्घाटन गरेका छन । जिल्ला समन्वय समिति र जिल्लाका ८ वटै स्थानीय पालिकाहरुको एक करोडको लगानीमा कोरोना वार्ड सन्चालनमा आएको हो । कोरोना वार्ड संचालनकालागि जिल्ला समन्वय समितिले ७५ लाख, नेपालगन्ज उपमहानगरपालिकाले ६ लाख २५ हजार, कोहलपुर नगरपालिकाले ३ लाख ७५ हजार, तथा नरैनापुर, डुडुवा, खजुरा, जानकी, राप्तीसोनारी र बैजनाथ गाउँपालिकाले समान २ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएका थिए ।

शुक्रबारदेखी संचालनमा आएको उक्त वार्डका सबै शैयामा अक्सिजनको सुविधा उपलब्ध भएको कोभिड विशेष अस्पतालका संयोजक डा श्याम सुन्दर यादवले जानकारी दिए । भेरी अस्पताल पश्चिम नेपालकै सबैभन्दा ठुलो अस्पतालका रुपमा रहँदै आएको छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ९ : ५६ बजे

छ वटा सम्पदा परे अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरणमा

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ देखि संयुक्त राष्ट्रसङ्घीय

चालु आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च ३२ दशमलव ५३ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा पूर्वाधार तथा विकास

प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव – मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्ना मन्त्रीहरूको बोलीमा

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

रुपन्देही । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट

कर्मचारीको तलब र प्रोत्साहन भत्ता १० प्रतिशत वृद्धि गर्दै मधेसको ४१ अर्बको बजेट

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी कार्यालयबाट सेवा प्रवाहमा ढिलासुस्ती