३१ भदौ २०८३, बुधबार | September 16, 2026

आँखा उपचार केन्द्र सञ्चालन



चितवन । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा पहिलोपटक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ ।

नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल र गाउँपालिकाको सहकार्यमा इच्छाकामना-४ कुरिनटारमा आँखा अस्पताल सञ्चालनमा आएको हो । केन्द्रको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले शुक्रबार उद्घाटन गरिन् ।

अध्यक्ष गीताकुमारी गुरुङले अब आँखाको सामान्य समस्या आउँदा पनि भरतपुर जान पर्ने समस्याको समाधान भएको बताइन् । भरतपुर आँखा अस्पतालमा पाउने सम्पूर्ण सुविधा दिने गरी यस उपचार केन्द्रलाई आँखा अस्पपताका रुपमा विकास गरिने बताइन् ।

वडा नं ४ का वडाध्यक्ष होमबहादुर रानाले इच्छाकामना गाउँपालिकामात्र नभई छिमेकी जिल्ला गोरखाको गण्डकी, शहीद लखन र धादिङको बेनीघाट रोराङ गाउँपालिकाका जनताले पनि सुविधा पाउने बताए ।

नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय सदस्य चित्रकुमार मास्केले नाफा भन्दा पनि सेवाको भावनामा देशभर १२१ स्थानमा केन्द्र सञ्चालन गरिरहेको बताए । नेत्रज्योति सङ्घले देशका ३५० स्थानमा उपचार केन्द्र स्थापना गर्ने लक्ष्य राखेको छ । आँखा उपचार केन्द्रमा कम्तीमा ७५ प्रतिशत आँखाका रोगको उपचार हुने बताए ।

यहाँ कर्मचारी र व्यवस्थापन खर्चका लागिमात्र सेवाग्राहीहरुबाट न्यून शुल्क लिने उनको भनाइ छ । लायन्स क्लबका प्रथम डिस्ट्रिक गभर्नर रामप्रसाद भट्टले लायन्स क्लब अफ इन्टरनेशनलले उपकरणहरु उपलब्ध गराउने प्रतिबद्ध व्यक्त गरे ।

लायन्स क्लबले विशेषगरी आँखामा नै बढी काम गर्ने भएकाले आँखा उपचार केन्द्रलाई सहज बनाउने विभिन्न कार्यक्रम गरी संरक्षणको भूमिका खेल्ने पनि बताए । रासस

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  १० : १२ बजे

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।