१५ बैशाख २०८१, शनिबार | April 28, 2024

ओली पक्षले पेरिसडाँडा कब्जा गर्ने



काठमाडौं । प्रधानमन्त्रीले पाटी विभाजनका निम्ती अध्यादेश ल्याएका बेला सांसद अपहरण गरेर चर्चा कमाएका नेकपा ओली पक्षका विवादित नेता महेश बस्नेतले पूर्व माओबादीको पेरिसडाँडाको पार्टी कार्यालय कब्जा गर्ने धम्की दिएका छन् । ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का ओली पक्षिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले प्रचण्ड माधव पक्षलाई तत्कालीन एमालेको पार्टी कार्यालयमा आँखा लगाए पेरिसडाँडा स्थित पार्टी कार्यालय कब्जा गर्ने धम्की दिए ।

उनले बल्खु, धुम्बाराही सहित देशैभरका तत्कालिन एकालेका कार्यालयहरुमा आँखा नलागाउन चतावनी दिँदै आफुहरुले पनि पेरिसडाँडामा आँखा नलगाउने बताए ।

प्रचण्ड माधव पक्षको केन्दीय बैठक सकिए लगत्तै बिहिबार अध्यक्ष प्रचण्ड, माधव नेपाल सहितको टोलि बल्खु स्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गर्न पुगेका थिए । त्यहाँ पुगेका उनीहरुले त्यस स्थानमा कम्युनिष्ट शैली झल्कने पार्टी कार्यालय बनाउने घोषणा समेत गरेका थिए ।

बस्नेतले निर्वाचन आयोगले निर्वाचन चिन्हको आधिकारिकता दिन बाँकी नै रहेको अवस्थामा सूर्य चिन्हमाथि पनि आँखा नलगाउन चेतावनी दिए । उनले माधव नेपाल , झलनाथ खनाल लगायतलाई हंसिया हटौडा चिन्हबाट चुनाव लड्न सुझाव समेत दिए ।

आयोगले ओली पक्षलाई आधिकारीकता नदिए हालै आयोगमा दर्ता भएको नेकपा एमाले पार्टीबाट ओली पक्षले राजनीति गर्ने आरोपलाई बस्नेतको भनाईले थप पुष्टि गरेको छ । ओलीलाई बस्नेतकै अगुवाईमा एमाले नामको पार्टी दर्ता गर्न लगाएको नेकपाको सचिवालय बैठकमा प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमा आरोपित गरिएको थियो ।

ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको दावी गर्दै उनले निर्वाचन आयोग र सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला गर्ने दावी गरे ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ६ : ३५ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म