२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

ओली पक्षले पेरिसडाँडा कब्जा गर्ने



काठमाडौं । प्रधानमन्त्रीले पाटी विभाजनका निम्ती अध्यादेश ल्याएका बेला सांसद अपहरण गरेर चर्चा कमाएका नेकपा ओली पक्षका विवादित नेता महेश बस्नेतले पूर्व माओबादीको पेरिसडाँडाको पार्टी कार्यालय कब्जा गर्ने धम्की दिएका छन् । ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का ओली पक्षिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले प्रचण्ड माधव पक्षलाई तत्कालीन एमालेको पार्टी कार्यालयमा आँखा लगाए पेरिसडाँडा स्थित पार्टी कार्यालय कब्जा गर्ने धम्की दिए ।

उनले बल्खु, धुम्बाराही सहित देशैभरका तत्कालिन एकालेका कार्यालयहरुमा आँखा नलागाउन चतावनी दिँदै आफुहरुले पनि पेरिसडाँडामा आँखा नलगाउने बताए ।

प्रचण्ड माधव पक्षको केन्दीय बैठक सकिए लगत्तै बिहिबार अध्यक्ष प्रचण्ड, माधव नेपाल सहितको टोलि बल्खु स्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गर्न पुगेका थिए । त्यहाँ पुगेका उनीहरुले त्यस स्थानमा कम्युनिष्ट शैली झल्कने पार्टी कार्यालय बनाउने घोषणा समेत गरेका थिए ।

बस्नेतले निर्वाचन आयोगले निर्वाचन चिन्हको आधिकारिकता दिन बाँकी नै रहेको अवस्थामा सूर्य चिन्हमाथि पनि आँखा नलगाउन चेतावनी दिए । उनले माधव नेपाल , झलनाथ खनाल लगायतलाई हंसिया हटौडा चिन्हबाट चुनाव लड्न सुझाव समेत दिए ।

आयोगले ओली पक्षलाई आधिकारीकता नदिए हालै आयोगमा दर्ता भएको नेकपा एमाले पार्टीबाट ओली पक्षले राजनीति गर्ने आरोपलाई बस्नेतको भनाईले थप पुष्टि गरेको छ । ओलीलाई बस्नेतकै अगुवाईमा एमाले नामको पार्टी दर्ता गर्न लगाएको नेकपाको सचिवालय बैठकमा प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमा आरोपित गरिएको थियो ।

ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको दावी गर्दै उनले निर्वाचन आयोग र सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला गर्ने दावी गरे ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ६ : ३५ बजे

धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि…

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-५ छिस्वाङ खहरेका वीरबहादुर पुन आफ्नो

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

दमौली । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा

बेनी-जोमसोम-कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको

आजको मौसम : लुम्बिनीसहित विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव रहेको

चाडपर्वको समयमा तोकिएकोभन्दा बढी भाडा नलिन यातायात व्यवसायीलाई महासङ्घको आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दसैँलगायत चाडपर्वको समयमा