१५ असार २०८३, सोमबार | June 29, 2026

प्रदेश नम्बर १ मा आइतबार अविश्वासको प्रस्ताव दर्ता हुन्छ : इन्द्र आङ्बो



विराटनगर । नेकपा विभाजनको वाछिटाका रुपमा बागमती प्रदेशबाट सुरु भएको प्रदेश सरकारका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावको श्रृंखला प्रदेश १ मा प्रवेश गरेको छ ।

अविश्वास प्रस्ताव औपचारीक रुपमा दर्ता नहुँदै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रचण्ड(नेपाल पक्षका एकजना मन्त्रीलाई बर्खास्त गरेपछि प्रदेशमा अबिश्वास प्रस्तावको श्रृंखला सुरु भएको हो ।

प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्रीबाट बर्खास्त गरिएका इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव दर्ताको वातावरण मुख्यमन्त्रीले स्वयमले बनाईदिएको बताएका छन् ।

बागमती प्रदेशमा प्रचण्ड माधव पक्षले मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेको छ भने प्रदेश नम्बर १ का मुख्यमन्त्री राईको पद अब स्वतस् धरापमा परेको छ ।

बागमती प्रदेशमा प्रस्ताव दर्ता भएसँगै प्रचण्ड-नेपाल पक्षले प्रदेश १ मा अविश्वास प्रस्ताव गर्ने तयारी गरेका थिए । त्यसको सूचना पाए लगत्तै मुख्यमन्त्री राईले शनिबार नै आङ्बोलाई पदमुक्त गरेको पत्र थमाएका थिए ।

पदमुक्त भएसँगै आङ्बोले मुख्यमन्त्री स्वयमले अविश्वासको वातावरण बनाएको बताए । उनले भने, ‘सल्लाह गरी प्रक्रिया पुरा गर्दा केहि दिन लाग्न सक्थ्यो, अव झन सजिलो भयो । भोलि नै अविश्वासको प्रस्ताव दर्ता हुन्छ ।’

आङ्बोले प्रदेश सरकारमा रहेर दुई वर्ष १० महिना काम गर्ने अवसर प्रदान गरेकोमा मुख्यमन्त्री राईलाई धन्यवाद समेत दिएका छन् ।

नेकपा फुटपछि प्रदेश १ का मुख्यमन्त्री राई स्पष्ट अल्पमतमा छन् । प्रदेश नम्बर १ को प्रदेशसभामा प्रचण्ड-नेपाल पक्षसँग मात्रै ४७ सभासद रहेका छन् । ९३ सदस्यीय प्रदेश सभामा सत्तारुढ नेकपाको ६७ सदस्य थिए, जसमध्ये २० जना मात्र ओली समूहमा छन् ।

प्रचण्ड-नेपाल पक्षमा रहेको ४७ जनाको संख्या प्रदेशमा एक्लै सरकार बनाउन पुग्ने संख्या हो ।

यस्तै प्रदेश १ सभामा नेपाली कांग्रेससँग २१, जनता समाजवादी पार्टीसँग तीन, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एकरएक सदस्य छन् ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ९ : २८ बजे

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ