८ बैशाख २०८१, शनिबार | April 20, 2024

विदेशमा कोरोना संक्रमणमुक्त हुने नेपाली बढे, नयाँखाले कोरोना भाइरसबाट वच्न विश्वव्यापी चेतावनी



लण्डन । विदेशमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमणमुक्त हुने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ ।

गैरआवासीय नेपाली संघका अनुसार विदेशमा ुकोभिड ( १९ु को संक्रमणमा परेका मध्ये ९४ दशमलव ५ प्रतिशत नेपाली कोरोना भाइरसबाट मुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिको तथ्यांक अनुसार शनिवार साँझसम्म विदेशमा ५२ हजार ८ सय ७२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ४९ हजार ८ सय ९२ जना कोरोना मुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता विदेशमा कोरोना भाइरसबाट कुनै मानवीय क्षति भएको छैन । सापकोटाका अनुसार यो साता नाइजेरिया, इजिप्स, साउदी अबर, कुवेतमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो ।

कोरोना भाइरसका कारण नेपालमा १ हजार ८ सय १९ जनाको निधन भएको छ भने विदेशमा २१ देशमा ३ सय १२ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ५७ हजार ७ सय छ भने २ लाख ४९ हजार १ सय ३२ जना अर्थात ९६।७ प्रतिशत कोरोना भाइसरबाट मुक्त भएका छन् ।

 

विश्वभरका गैरआवासीय नेपालीले लगाए कोरोना विरुद्धको खोप

विदेशमा रहेका गैरआवासीय नेपालीहरुले कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेका छन् ।

पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत नेपालीहरुले खोप लगाउन थालेका हुन् ।

हाल बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीहरुले कोरोना विरुद्धको खोप लगाइरहेको संघले जनाएको छ ।

 

नयाँ प्रकारको भाइरसबाट बचौँ

बेलायतमा नयाँ स्वरुपमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएसँगै अहिले सर्वत्र चिन्ता बढेको छ । स्वास्थ समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म धेरैपटक म्युटेसन (उत्परिवर्तित) भएर अर्थात् त्यसको गुणहरुमा धेरै परिवर्तन भएर नयाँ स्ट्रेन (स्वरुप)हरु बनिसकेको अवस्था छ ।

हालसम्मको अध्ययनका अनुसार उत्परिवर्तित भाइरस पुरानो भाइरसको तुलनामा लगभग ७० प्रतिशत छिटो फैलिएको पाइएको छ । हाल लन्डन र दक्षिण पूर्वी इंग्ल्याण्डमा कोभिड–१९ लागेको ४५ देखि ७० प्रतिशत बिरामीमा यो उत्परिवर्तित भाइरस देखिएको छ ।

युरोपेली संघ अन्तर्गतका ८ मुलुकहरू सहित, केही अफ्रिकी मुलुकहरू पनि यो भाइरस तीब्र रूपमा फैलिएको पाइएको भन्दै समितिले अत्यावश्यक बाहेकका यात्रा नगर्न त्यहाँस्थित नेपालीहरुलाई अनुरोध गरेको छ ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार हाल जति पनि खोप बनिरहेका छन् ती अन्तिम परीक्षणमा छन् । ती भ्याक्सिनले उत्परिवर्तित भाइरस विरुद्ध काम गर्छ कि गर्दैन भन्ने सर्वत्र चासो छ । यस्तो अवस्थामा स्वास्थ्य सावधानी अपनाउनुको विकल्प नभएको उनको भनाइ छ ।

विशेषतः केही युरोपेली मुलुकहरु र बेलायतमा हाल लकडाउन र कडा खालको प्रतिबन्ध लगाइएकोले पनि कुनै समस्या परे त्यहाँस्थित गैरआवासीय नेपाली संघ अन्तर्गतका राष्ट्रिय समन्वय परिषद्मा सम्पर्क गर्न समेत समितिले आग्रह गरेको छ ।

संयोजक डा. सापकोटाले भीडभाडमा नजान, जानु परे पनि दुई मिटरको दूरी कायम राख्न, बाहिर जाँदा अनिवार्य रुपमा मास्क लगाउन र साबुन पानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न सुझाव दिएका छन् ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  १० : १६ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु