१६ श्रावण २०८३, शनिबार | August 1, 2026

बुटवलको कोरोना विशेष अस्पतालबाट संक्रमित बेपत्ता



बुटवल । बुटवल स्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका एक जना कोरोना संक्रमित अस्पतालबाटै हराएका छन् ।

गत बुधबार कोरोना पुष्टि भएसँगै अस्पतालको आइसियुमा भर्ना भएका बुटवल १३ का ५५ वर्षिया पुरुष आज बिहानबाट हराएका हुन् । बिहान पिशाव फेर्न गएका ती संक्रमित शौचालयबाटै जङ्लतिर भागेको अस्पतालले पुष्टि गरेको छ । अस्पतालका कर्मचारी र कुरुवाहरुले केहिबेर पिछा गरेपनि राजमार्ग पार गरेर जङ्ल पसेपछि नियन्त्रणमा लिन नसकिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

अस्पताल प्रशासनले प्रहरीलाई जानकारी गराएकोमा प्रहरीले खोज्ने क्रममा योगी कुटी स्थित एक होटलमा पुगेर परिवारलाई फोन गरेको र त्यसपछि बेपत्ता नै रहेको उनले बताए । ‘भर्ना हुने बेलामा नै परिवारका सदस्यले मानसिक औषधी सेवन गरिरहेकाले निगरानी गरिदिन अनुरोध गरे अनुसार उनलाई निगरानीमा राखिएको थियो ।’ डा. गौतमले भने । ‘बिहान ५ बजे सुरक्षाकर्मीहरुले आराम गरिरहेका बेला बिरामी जङ्ल पसेछन् ।’

हराएका संक्रमितका आफन्तले भने अस्पतालको लापरवाहीका कारण उनी हराएको आरोप लगाएका छन् । आईसीयुमा भर्ना भएका संक्रमित पिशाव फेर्न बाहिर आउनै नसक्ने संक्रमितकी श्रीमतीले बताईन् । ‘बेडमा चढाईएको सलायन नफेरेर सबै रगत फक्र्यो, मलाई मार्ने भए, मलाई लिन आउ भनेर फोन आएको थियो, हामीले भोली डाक्टरसँग सल्लाह गरेर आउँछौं भन्यौं ।’ संक्रमितका श्रीमतीले खबरकुरासँग कुरा गर्दै भनिन् । ‘डाक्टर र नर्शहरुले बिहानभरी ढाँटे ।’

श्रीमानको मोबाईल नउठेपछि बिहान फोन गर्दा अस्पतालका कर्मचारीले आफुसँग झुठ बोलेको उनले बताईन् । अस्पताल पुगेपछिमात्र उनीहरुले हराएको जानकारी दिएको भन्दै आईसीयूमा भएको संक्रमित कसरी हराउन नसक्ने भन्दै अस्पतालको लापरवाही भएको बताईन् ।

उनले बेलाबेलामा केह अस्वाभाविक ब्यवहार गरेको अस्पतालका कर्मचारीहरुले पनि बताएका छन् ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  १० : २३ बजे

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न

सिरहा घटना : मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको