५ चैत्र २०८२, बिहिबार | March 19, 2026

अदालतले संसद पुनर्स्थापना नगरे जनताले सडकबाट संसद पुनर्स्थापना गर्ने : घनश्याम भुसाल



बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षको नेता घनश्याम भुसालले मुलु्कमा संसदको पुनर्स्थापना गर्ने की सत्यानाशको बाटो लाग्ने बाहेकको विकल्प नभएको बताएका छन् ।

रुपन्देहीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृह जिल्ला पुगेका नेता भुसालले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै संसद पुनर्स्थापना बाहेक अन्य कुनै बाटोले मुलुकलाई अगाडि लैजान नसक्ने बताए । जनताले अब संसदको पुनर्स्थापना रोज्ने कि मुलुकको र बिधिको शासनको सत्यानाशको बाटो रोज्ने बेला आएको उनको भनाई छ ।

नेता भुसालले बिगत ५० वर्षदेखि नेपालमा लोकतन्त्र र स्थिरतामाथि आक्रमण भईरहेको बताउँदै अहिले फेरी प्रधानमन्त्रीले लोकतन्त्र र स्थिरतामाथि प्रहार गरेको बताए । उनले संविधान, लोकतन्त्र र स्थिरता माथिको प्रहारलाई हरेक पटक जनताले पराजीत गरेको उल्लेख गर्दै अहिले पनि जनताले संसद पुनर्स्थापना गरेरै छाड्ने ठोकुवा गरे ।

संसारमा कहिं कतै संविधान विपरित गरिएका कार्यलाई न्यायालयले निर्णय गरेको तथ्यांक नभएको दाबी गर्दै नेता भुसालले अफ्रिकन केहि मुलुकको नियती दोहो¥याउँदै अदालतले संसद पुनर्स्थापना नगरे जनताले विद्रोहको माध्यमबाट सडकबाटै संसद पुनस्र्थापना गर्ने चेतावनी दिए ।

भुसालले आजै रुपन्देहीको तिलोत्तमामा भेला भएका रुपन्देहीका अगुवा कार्यकर्ताहरुलाई पनि सम्बोधन दगरेका थिए । उनले भेलालाई सम्बोधन गर्दै सबै संवैधानिक शक्ति मुट्ठीमा लिएर बसेका राजाले विघटन गरेको संसद ब्युंझाउन सक्ने जनता संबिधानमै नभएको अधिकार प्रयोग गर्ने रैतीले गरेको संसद विघटन उल्टाउन सक्षम रहेको बताए । उनले संसद विघटन चुनाव गराउनका लागि भएको भन्ने अर्थमा नबुझ्न आग्रह गर्दै अहिलेको संसद विघटन निर्वाचन गराउन नभएको स्पष्ट पारे ।

उनले पार्टीले सरकारलाई काम गर्न कहिं नरोकेको जिकीर गर्दै भुसालले एमसीसी प्रकरणमा देशको हितमा मात्र सम्झौता गर्न भनेको बाहेक अन्य कुनै काममा पार्टीले नरोकेको दाबी गरे । मुलुकलाई स्थिरता कायम गर्न र पार्टीलाई एकताबद्ध राख्न पनि संसद पुनर्स्थाना भएको भुसालको भनाई छ ।

संसद विघटनले संबिधान च्याट्न सुरु भएको भन्दै उनले अस्थिरता आए हिजोका शासक चुपलागेर नबस्ने स्पष्ट पारे ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ५ : २१ बजे

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

संसद् सचिवालयले बोलायो प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

काठमाडौं । संघीय संसद् सचिवालयले फागुन २१ को निर्वाचनबाट विजयी