२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

असाधारण परिस्थितिका कारण निर्वाचन अपरिहार्य : घनश्याम भुसाल



बुटवल । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले वर्तमान राजनीतिक परिस्थितिमा निर्वाचन अपरिहार्य बनेको बताएका छन् । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यो निर्वाचन नेपाली जनताको प्रत्यक्ष चाहनाभन्दा पनि संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियाबाट सिर्जित असाधारण परिस्थितिका कारण हुन लागेको स्पष्ट पारे ।

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष भुसालले मुलुकले पछिल्लो समय सामना गरेका विध्वंसकारी घटनाबाट गम्भीर शिक्षा लिनुपर्ने आवश्यकता औंल्याए । उनले राजनीतिक दलहरूको कमजोरी र गैरजिम्मेवारीपनको समीक्षा गरी राष्ट्रिय संकल्प गर्नुपर्नेमा जोड दिए । तर त्यसो गर्नुको सट्टा निर्वाचनतर्फ केन्द्रित हुनु समस्या समाधानभन्दा पनि समस्या लुकाउने प्रयास भएको उनको टिप्पणी थियो ।

उनले गौरीबहादुर कार्की नेतृत्वको आयोगजस्ता संरचनाले पनि मुलुकको वास्तविक समस्या उजागर गर्न नसकेको बताए । यस्तो अवस्थाले नेपाल भूराजनीतिक दबाबमा रहेको सानो राष्ट्रका रूपमा झन् कमजोर बन्दै गएको उनको भनाइ थियो ।

भुसालले निर्वाचनपछि पनि पुरानै राजनीतिक प्रवृत्ति दोहोरिने खतरा रहेको उल्लेख गर्दै परनिर्भर विकास मोडेलले रोजगारी सिर्जना गर्न नसक्ने, विचौलियातन्त्र झन् बलियो हुने र सुशासन स्थापित हुन नसक्ने चेतावनी दिए ।

उनले नेपाली राजनीतिलाई आत्मनिर्भर र मौलिक बनाउनुपर्नेमा जोड दिँदै पश्चिमेली मोडेलको अन्धानुकरणभन्दा नेपाली समाजअनुकूल विकासको मार्ग अवलम्बन गर्नुपर्ने धारणा राखे। मुलुकको मूल समस्या परनिर्भर विकास, दलाल पुँजीवाद र विचौलियातन्त्र रहेको उल्लेख गर्दै उनले बौद्धिक वर्ग र राजनीतिकर्मीलाई यी विषयमा गम्भीर बहस गरी निकास खोज्न आह्वान गरे ।

भुसालले निर्वाचनलाई लोकतान्त्रिक प्रक्रिया र अवसरका रूपमा स्वीकार गरे पनि निर्वाचन मात्रले मुलुकको गहिरो संकट समाधान गर्न नसक्ने बताए । उनले वर्तमान अवस्थाबाट मुलुकलाई निकास दिन व्यापक पुनर्विचार, नीतिगत सुधार र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको उल्लेख गरे ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ६ : २२ बजे

कांग्रेस १५ औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि बिहान ७ बजेदेखि मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला, नयाँ बसपार्कमा रातिदेखि नै लाइन

काठमाडौं । दसैँमा घर जाने यात्रुका लागि सरकारले आजदेखि अग्रिम

अख्तियारद्वारा नापी अधिकृत वलीविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ नापी कार्यालय, डिल्लीबजारअन्तर्गत

सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित

काठमाडौँ । सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना,

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौँ । नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज