२ पुस २०८२, बुधबार | December 17, 2025

ओलीले संविधानमाथि ‘कु’ गरे, राष्ट्रपति ‘मतियार’, असंवैधानिक कदमको प्रतिवाद गर्छौ : गगन थापा



काठमाडौं । नेपाली काँग्रेस नेता गगन थापाले प्रधानमन्त्री र राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरेर हुन नसक्ने चुनावका भड्खालोतिर देशलाई लैजान खोजिएको आरोप लगाएका छन् ।

काँग्रेसद्वारा आयोजित विरोध प्रदर्शनको पूर्वसन्धामा नेता थापाले भिडियो सन्देश जारी गर्दै बैशाखमा चुनाव हुन नसक्ने जिकिर गरेका छन् । थापाले प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काँग्रेस टुलुटुलु हेरेर बस्न नसक्ने चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘‘कांग्रेस टुलुटुलु हेरेर बस्दैन। प्रधानमन्त्री ओलीले राष्ट्रपतिको साथमा संविधान धुजाधुजा बनाए,’ उनले भने, ‘यो कदमविरूद्ध लड्ने हो। प्रतिवाद गर्ने हो टुलुटुलु हेरेर बस्ने होइन। संविधान हाम्रो नेतृत्वमा बनेको हो।’

प्रधानमन्त्री ओलीले राष्ट्रपतिको साथमा संविधानलाई धुजाधुजा बनाएकोले कांग्रेस प्रतिरोधमा उत्रन परेको उनले बताएका छन् ।

नेता थापाले प्रधानमन्त्री ओलीले संविधानमाथि ‘कू’ गरेको आरोप लगाउँदै भनेका छन् ‘यो अपराध गर्ने ओली हो र मतियार राष्ट्रपति, सिंगो नेकपा र प्रचण्ड–माधव हुन् ।’

 

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ९ : ४५ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल