१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

बलियो पुर्बाधार निर्माणका लागि दाङको बबईमा डकर्मीलाई तालिम



दाङ । गुणस्तरिय भौतिक पुर्बाधार निर्माण गर्न बबई गाउँपालिकामा रहेका डकर्मीलाई सात दिने तालिम दिन सुरु गरिएको छ । बबई गाउँपालिकाको पुर्बाधार बिकास शाखाको आयोजनामा तालिम सुरु भएको हो ।

परम्परागत रुपमा निर्माणका काममा संलग्न रहेका डकर्मीहरुलाई तालिम दिन सुरु गरेको ईञ्जीनियर राजेश देबकोटाले जानकारी दिए । तालिम मार्फत् घर तथा अन्य बिकास निर्माणका काममा सहयोग पुग्ने देबकोटाले बताए ।

तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले भुकम्प प्रबिधी भौतिक पुर्बाधार निर्माण गर्ने गरी दक्ष डकर्मी उत्पादन गर्न प्रशिक्षकहरुलाई आग्रह गरे । उनले सहरी क्षेत्रका रुपमा हापुरे क्षेत्रको बिकास हुन लागेको भन्दै डकर्मीलाई दिन लागिएको तालिम फलदायी हुने अपेक्षा गरे ।

सात दिनसम्म चल्ने तालिममा भवन निर्माण गर्ने समयमा ध्यान पु¥याउनुपर्ने बिषय, निर्माणको कार्यलाई ब्यबस्थित गर्ने बिषय, गुणस्तरको मापन जस्ता बिषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ । तालिममा २६ जनाको सहभागीता रहेको छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ८ : २० बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर