२ पुस २०८२, बुधबार | December 17, 2025

नेकपाको ओली पक्षले रुपन्देहीमा अगुवा कार्यकर्ता भेला गर्ने



बुटवल । एकैस्थानमा हुँदा राजधानी नछाडेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय नेताहरु पार्टीमा विभाजन आएपछि धमाधम जिल्ला दौडाहामा निस्कन थालेका छन् । प्रचण्ड-नेपाल पक्षले जिल्लाभेला सम्पन्न गरेसँगै ओली पक्षले पनि रुपन्देहीमा पुस १९ गते अगुवा कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ ।

नेकपा ओली पक्षको रुपन्देही जिल्ला कार्यालयको सोमबार बसेको बैठकले पुस १९ गते पुष्पलाल स्मृती भवन बुटवलमा अगुवा कार्यकर्ता भेल गर्ने निर्णय गरेको नेकपा ओली पक्ष रुपन्देहीका प्रवक्ता मोहन चापागाईंले जानकारी दिए ।

चापागाईका अनुसार ओली पक्षमा खुलेका जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले स्थानीय पालिका कमिटीहरुको बैठक यही पुस १४ गते दिउँसो २ बजे आयोजन गर्न पनि निर्देशन दिएको छ । त्यस्तै पुस १५ देखि १७ गतेसम्म उक्त वडामा रहेका सबै नेतृत्वको सहभागितामा वडास्तरीय बैठक बसी अगुवा भेलाको सूचना व्यवस्थित गर्न पनि निर्देशन दिएको छ ।

भेलालाई संबोधन गर्न वक्ताहरुको व्यवस्था मिलाउन इन्चार्ज मार्फत केन्द्रीय कमिटीलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता चापागाईले जानकारी दिए ।

बिस्तारित बैठकलाई संबोधन गर्दै ओली पक्षीय केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज लिला गिरीले पार्टीलाई एकतावद्ध बनाइराख्नका लागि अगुवा कार्यकर्ता भेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै अव पार्टी सुद्धृढीकरण अभियानमा लाग्नुपर्ने बताए ।

रुपन्देहीका सबै केन्द्रीय सदस्य सहभागी बैठकलाई नेकपा केन्द्रीय सदस्य एवं रुपन्देहीका सहइन्चार्ज एकराज विश्वकर्मालगायतले पनि संबोधन गरेका थिए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ९ : ४० बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल