३ चैत्र २०८२, मंगलबार | March 17, 2026

सन् २०२०: कोरोनाभन्दा राजनीतिक तनावको वर्ष



काठमाडौं । कोरोना विषाणु संक्रमणले संसारलाई तनावमा पारेको सन् २०२० नेपालीका निम्ति पनि अछुतो रहेन ।

अझ यो वर्ष कोरोनाले भन्दा बढी राजनीतिक कारणले तनावको वर्ष रह्यो । गत वर्ष यतिबेला चीनको वुहानमा नयाँ भाइरस देखिएको अन्तर्राष्ट्रिय समाचारलाई नेपाली सन्दर्भमा पस्किँदै गर्दा सरकारको ध्यान भने राजनीतिलाई आफूअनुकूल तुल्याउने गतिविधिमा केन्द्रित थियो ।

यस्तो संक्रमणको अन्तर्राष्ट्रिय चर्चा भइरहेका बेला चीनकै छेउमा उभिएको नेपालको सरकारले कुनै तयारी गर्नुपर्ने आवश्यकता महसुस गर्न सकेन । अहिलेको कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली देशमा त्यतिबेला इतिहासकै सबैभन्दा बलियो सरकार चलाउँदै थिए ।

बिपी कोइराला, गिरिजाप्रसाद कोइरालापछि शक्तिशाली सरकारको प्रधानमन्त्री हुने मौका पाएका ओलीले गत वर्ष पनि भाषण गरिरहेका थिए-सरकारले काम गर्न खोज्दा अवरोध भयो । त्योभन्दा पनि बढ्ता दलभित्रै आफू कसरी बलियो हुने र सरकारमा कसरी टिकिरहने भन्नेतिर उनको ध्यान केन्द्रित थियो ।

यो एक वर्षको सोच र कामको परिणामस्वरूप नयाँ वर्ष सन् २०२१ को पूर्वसन्ध्यामा ओलीले नेतृत्व गरेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित अवस्थामा छ । अहिलेको अन्योलपूर्ण समयमा यो दललाई ओली पक्ष र प्रचण्ड-नेपाल पक्षका रूपमा चित्रण गरिँदैछ । यसको भविष्यको फैसला बहादुर भवनले गर्ने नै छ ।

यो विषम परिस्थितिमा ओलीले आफूलाई शक्तिशाली प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनपछि कामचलाउमा झारेका छन् । उनले गरेको असंवैधानिक विघटनविरुद्ध सडकमा आन्दोलन सुरु भइसकेको छ ।

उनले नयाँ वर्षको पूर्वसन्ध्याअघि बुधबार बबरमहलस्थित पार्टी प्यालेसमा सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, ‘प्रचण्ड-नेपाल पक्षले काम गर्नै दिएनन् ।’ अर्थात् राजनीति अब पार्टी कार्यालयबाट पार्टी प्यालेसमा ओर्लिएको छ । केही दिनअघि सोही पार्टी प्यालेसमा पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको यस्तै भेला भएको थियो । प्रकारान्तरले ओली त्यही ठाउँमा आएर आफ्नो राजनीतिको पुनर्पुष्टि गर्नुपर्ने अवस्थामा आइपुगेका छन् ।

दुई वर्षअघि पनि उनी काम गर्न नपाएको बताउँदै थिए, गत वर्ष पनि त्यसै भन्दै थिए र अहिले पनि त्यही गुनासो गरिरहेका छन् । एक वर्षमा ६ लाख २५ हजार ६ सय मिनेट हुन्छन् । काम गर्न नसक्ने र ढंग नपुग्ने सरकारका निम्ति समय चाल नपाएरै जान्छ । भनिन्छ, दिन बितेको थाहा हुँदैन, वर्ष बितेको मात्र थाहा हुन्छ ।

ओली सरकारका निम्ति एक वर्ष यसरी बित्यो, त्यसले आम नागरिकको जीवनमा रहेका तनाव घटाउने कुनै कामै गरेन । मुलुकमा नागरिक जीवनप्रति जिम्मेवार सरकार हुन्थ्यो भने अहिलेको जस्तो अवस्था आउने नै थिएन । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ७ : ३० बजे

जनताको आशा र विश्वास कायम राख्न आफ्ना सांसदहरुलाई रास्वपा उपसभापतिको आग्रह

पाटन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर