१४ असार २०८३, आइतबार | June 28, 2026

नयाँ राजनीति मोडमा बहस : कांग्रेस र एमाले मिल्न दबाब



काठमाडौं । नेपालको राजनीति अत्यधिक विकृत हुँदै गएपछि र लामो समयसम्म अस्थिर हुने सम्भावना देखिएपछि दुई प्रमुख दल नेपाली कांग्रेस र एमाले मिलेर अगाडि बढ्नुपर्ने दबाब दुवै दलका नेतालाई पर्न थालेको छ ।

गत निर्वाचनमा पहिलो ठूलो दल बनेको कांग्रेस र दोस्रो ठूलो बनेको एमाले मिलेरै सरकार बनाउँदा अन्य साना दललाई चलखेल गर्ने ठाउँ बन्द हुने र राजनीति पनि विकृत नहुने भन्दै दुवै दल मिलेर सरकार बनाउन दबाब परेको हो । राष्ट्रपतिको निर्वाचनमा पनि दुवै दल मिल्न सके उपयुक्त हुन सक्ने सुझाव नेतालाई दिइएको छ । एमाले र कांग्रेस मिलेर राजनीतिलाई सही ढंगले हेन्डलिङ गर्नुपर्ने भन्दै नयाँ मोड’ दुवै दलभित्र बहस सुरु भएको हो । दुवै दल जनआन्दोलन १ र २ तथा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्दाका समेत सहयात्री हुन् ।

विशेषगरी कांग्रेस र एमालेमा रहेका इमानदार र पुराना नेताले अहिलेको राजनीति अत्यधिक विकृत बनेको र अनावश्यक चलखेल बढेको भन्दै त्यसलाई रोक्न पनि एमाले र कांग्रेस मिल्नुको विकल्प नभएको भन्दै नेतृत्वलाई सम्झाउन थालेको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार दुवै दलले पाँच वर्षसम्म आधा आधा कार्यकाल प्रधानमन्त्री चलाउने र त्यसपछिको निर्वाचनमा मित्रवत् प्रतिस्पर्धा गर्नेगरी आवश्यक गृहकार्य अघि बढाउनु पर्ने विषयमा छलफल सुरु भएको छ । कांग्रेसका केही इमानदार र सुशासन चाहने नेताले राजनीतिक स्थिरताका लागि र राजनीतिमा देखिएको अस्वाभाविक चलखेल र वद्मासी रोक्न पनि एमाले र कांग्रेस मिल्नु पर्ने भन्दै पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकृष्ट गराउन थालेका छन् ।

उता एमालेका पुराना र इमानदार नेताले पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी राजनीतिक स्थिरता कायम गर्न र अहिले देखिएको फोहोरी खेल रोक्न कांग्रेससँग मिलेर जानुपर्ने प्रस्ताव गर्न थालेका छन् । अध्यक्ष ओलीले पनि यो विषयलाई गम्भीरताका साथ लिएको एमालेका एक नेताले दाबी गरे । ‘कांग्रेस र एमाले मिल्दा अरू कसैले पनि चलखेल गर्न पाउँदैनन्, राजनीति स्थिरतातर्फ अघि बढ्छ, त्यसैले राजनीतिक स्थिरताका लागि हामीले अध्यक्षलाई यो विषयमा पनि छलफल अघि बढाउन आग्रह गरेका छौं ।’ एमालेका एक नेताले राजधानीसँग भने ।

गत प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले ८९ सिटमा विजयी हासिल गरेको थियो भने एमालेले ७८ सिट जितेको थियो । दुवैको सिट जोड्दा झन्डै दुईतिहाइ नजिक हुने भएकाले उनीहरूले चाहेमा जे जस्ता निर्णय पनि गर्न सक्छन् भने अन्य कुनै पनि दललाई चलखेल गर्ने बाटो पाँच वर्षका लागि बन्द हुन्छ ।

कांग्रेस र एमाले मिलेर सरकार चलाउँदा अन्य कुनै पनि दलले चलखेल गर्न सक्ने अवस्था रहँदैन । अहिले निर्वाचनमा पहिलो र दोस्रो दलभन्दा निकै कम ल्याएर तेस्रो दल बनेको माओवादी केन्द्रले पहिलो दल कांग्रेस र दोस्रो दल एमालेलाई लडाएर प्रधानमन्त्रीको बाजी मारेको भन्दै अब त्यस्तो खेल बन्द गराउनका लागि पनि एमाले र कांग्रेस मिल्नुको विकल्प नरहेको भन्दै एमाले र कांग्रेसभित्र नयाँ छलफल थालिएको हो । यद्यपि, यस्तो प्रयासले सार्थक रूप भने लिन सकेको छैन ।

स्रोतका अनुसार कांग्रेस र एमाले पाँच वर्षसम्म मिल्ने र त्यसपछिको निर्वाचनमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरि लिखित सहमति भएमा राष्ट्रपतिको विषयमा पनि थप सहमति खोज्न सकिने बताइएको छ ।

पार्टीभन्दा बाहिरको तटस्थ भूमिका खेल्न सक्ने नागरिक समाजका इमानदार अगुवालाई राष्ट्रपति बनाउँदा सकारात्मक सन्देश जाने र राजनीतिमा सुधार आएको देखिने भन्दै त्यस विषयमा पनि आन्तरिक छलफल गर्न दुवै दलका नेतृत्वलाई दबाब परेको स्रोतको दाबी छ । अहिले राजनीति विकृत हुदा र अत्याधिक चलखेल हुँदा दिनदिनै राष्ट्रपति हुने व्यक्तिको नयाँ नयाँ नाम सार्वजनिक हुँदै आएको छ ।

जसका कारण राष्ट्रपति पदको गरिमा नै अत्याधिक रुपमा घट्दै जान थालेको छ । यसका कारण मुलुकको वेइज्यत हुन थालेको नागरिक समाजका अगुवाहरुको तर्क छ । नागरिक समाजका केहि अगुवाहरुले पनि कांग्रेस र एमालेका शीर्ष नेताहरुलाई भेट गरि राजनीतिलाई चलखेल र दूषित हुनबाट बचाउन दुवै दल मिलेर अगाडि बढ्न सुझाव दिएको बताइएको छ ।

ओली देउवा दुवै सकारात्मक !

निर्वाचनमा निकै कम सिट ल्याएका दलले बढी चुरीफुरी देखाएको र राजनीतिलाई बढि विकृत बनाउन खोजेकाले एमाले र कांग्रेस मिलेर त्यस्तो विकृति रोक्नुपर्ने सुझाव आएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा त्यसमा सकरात्मक देखिएको निकटस्थहरूले बताएका छन् ।

कांग्रेसका एक केन्द्रिय सदस्यका अनुसार निर्वाचनमा कम सिट ल्याएकाले कांग्रेस एमालेलाई भिडाएर राजनीतिलाई विकृत बनाएको ’मा सभापति देउवा समेत सचेत देखिएका छन् । उता एमालेका अध्यक्ष ओलीले पनि निर्वाचनमा नीकै कम सिट ल्याउने दलहरुले विकृत खेल खेल्न थालेपछि राजनीतिक कोर्स फेर्न सकिने र त्यसका लागि कांग्रेससँग समेत छलफल थाल्न सकिने निकटस्थसँग बताएको स्रोतको दाबी छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ७ : ४५ बजे

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली