१९ बैशाख २०८१, बुधबार | May 1, 2024

बन्दीपुरमा पर्यटक घट्यो



दमौली । सन् २०१९ मा एक लाख २० हजार पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरे ।

सन् २०२० मा दुई लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य थियो । सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेकाले पनि सन् २०२० मा उक्त सङ्ख्यामा पर्यटक भित्र्याउन सम्भव रहेको भन्दै व्यवसायीले तयारी सुरु गरे ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ ले नेपाललाई पनि छाडेन । फलस्वरुपः चैत ११ गतेदेखि नेपालमा बन्दाबन्दी सुरु भयो । सन् २०२० मा पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी सुरु गरेका यहाँका व्यवसायीको लगानी पनि खेर गयो ।

“जुन लक्ष्यका साथ लागेका थियौँ, कोरोनाले गर्दा लक्ष्य पूरा हुन सकेन”, बन्दीपुरस्थित होटल दरबार हिमालयका सञ्चालक वैश गुरुङले भने, “सन् २०२० लाई भनेर नयाँ होटल निर्माण भइरहेको थियो, व्यवसायीको सपना चकनाचुर भयो ।”

बन्दीपुर पर्यटन विकास समितिका अनुसार सन् २०२० को अवधिमा १५ हजार पर्यटकले मात्रै बन्दीपुर भ्रमण गरेका छन् । समितिका सचिव वसन्त पौडेलले कोरोनाका कारण सबै तयारी खेर गएको बताए ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ३ : २७ बजे

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन

लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ नेपाल’ को सेवा शुभारम्भ

बुटवल । लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ