१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मेस्सीलाई सन्तान सुख, बार्सालाई जीतको



बार्सिलोना । स्टार खेलाडी लियोनेल मेस्सी बिनानै मैदानमा उत्रेको बार्सिलोनाले १० खेलाडीमा सिमित मालागामाथि २–० को सहज जित निकालेको छ ।

तेस्रो सन्तानको जन्मपछि २७ लिग खेलमा २४ गोल गरेका मेस्सीले शनिबारको खेलबाट नाम फिर्ता लिएका थिए ।

तर, मेस्सीको अनुपस्थितिमा लुइस सुवारेजले खेलको १५ औँ मिनेटमा गोल गर्दै बार्सालाई अग्रता दिलाए ।

खेलको २८ औँ मिनेटमा काउन्टिन्होले अग्रता दोब्बर बनाए ।

लगत्तै जोर्डी अल्बालाई फल हानेपछि सामु गार्सियाले रातो कार्ड खाँदै मैदान छाड्नु परेको थियो ।

करिब एक घण्टा १० खेलाडीमा सिमित बनेपनि मालागाले त्यसपछि भने कुनै गोल खाएन ।

बार्सिलोना पछिल्ला ३५ ला लिगा खेलहरुमा अपराजित रहेको छ । जसमा उसले २९ मा जीत र ६ मा बराबरी गरेको छ । यसअघि रियल सोसिडाडले सन् १९८० मा लगतार ३८ खेलमा अपराजित रहेर स्पेनिस किर्तिमान बनाएको थियो ।

जीतसँगै बार्सिलोनाले शीर्ष स्थानमा ११ अंकको अग्रता बनाउन सफल भएको छ ।

अब बार्सिलोनाले बुधबार च्याम्पियन्स लिगको अन्तिम १६ को खेलको दोस्रो लेगका लागि चेल्सीको आतिथ्य गर्नेछ । पहिलो लेगका स्टामफोर्ड ब्रिजमा १–१ को बराबरीमा सकिएको थियो ।

मेस्सीलाई सन्तान सुख

यता, मेस्सी र उनकी पत्नी एन्टोनेला रोकुजोलाई तेस्रो सन्तान भएको छ ।

इन्सटाग्राममा नयाँ सन्तानको आगमनको घोषणा गर्दै मेस्सीले लेखेका छन्, ‘स्वागत छ सिरो, भगवानलाई धन्यवाद । सबै राम्रो भयो । ऊ र आमा दुवै राम्रो गरिरहेका छन् । हामी अत्यन्त खुसी छौँ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ६ : ५८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा