२० बैशाख २०८१, बिहिबार | May 2, 2024

फुपूले पाँच वर्षिय बालकलाई चाउचाउ खान दिइन्, अनि घाँटी थिचेर मारिन्



धनकुटा । धनुषामा पाँच वर्षीय बालकको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरी आज धनुषा प्रहरीले सार्वजनिक गरेको छ ।

धनुषा विदेह नगरपालिका-२ दुहबी बस्ने २६ वर्षीया प्रमिलादेवी अमातलाई सोही ठाउँ बस्ने जीवनराय अमातको पाँच वर्षीय छोरा अभिनन्दनराय अमातको हत्या गरेको आरोपमा पक्राउ गरी सार्वजनिक गरिएको हो । हत्या आरोपमा पक्राउ पर्ने महिला मृतक बालकको नातामा आफ्नै फुपू पर्ने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार बालक दुई दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबुबा पर्नेको गोठमा गाडिएको अवस्थामा फेला परेको थियो ।

बालक हराएपछि प्रहरीले खोजतलास गर्दै जाँदा मृतक बालककै बाजे नाता पर्ने ब्रम्हदेवराय अमातको भैँसी बाँध्ने गोठघरमा खाल्डो खनी गाडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाए ।

तत्कालै धनुषाको प्रहरी उपरीक्षक मिश्रको कमाण्डमा अनुसन्धान टोली गई घटनास्थलको प्रकृति मुचुल्का उठाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ ।

प्रहरी उपरीक्षक मिश्रका अनुसार घटना सम्बन्धमा बुझ्दै जाँदा ब्रम्हदेवराय अमातको जेठी छोरी प्रमिलादेवी अमातले रूपैयाँ लेनदेनको विवादले उत्पन्न रिसइबीका कारण बालकको हत्या गरिएको हो ।

मृतक बालकलाई प्रमिलादेवीले घरमा बोलाएर चाउचाउ खान दिएको र बालकले चाउचाउ खाइसकेपछि बालकलाई बुबा ब्रम्हदेव सुत्ने गरेको खाटमा सुत्न लगाएर सुतेपछि घाँटीे थिची हत्या गरेको र राति अँध्यारो भएको अवस्थामा घटनास्थलबाट मृत बालकलाई सेतो सलमा बेरेर भैँसी बाध्ने गोठघरमा खाल्डो खनी गाडेर माथिबाट खरानीले छोपेको भनी प्रमिलादेवीले प्रहरीसमक्ष स्वीकार गरेको प्रहरी उपरीक्षक मिश्रले बताए । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ७ : २५ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य